Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार विराेधीलाई 'नो भोट' अभियान चलाउँदै लगानीकर्ता, आन्दोलनको तयारी हुँदै

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १२ : ४८ मा प्रकाशित

पूँजी बजार विराेधीलाई 'नो भोट' अभियान चलाउँदै लगानीकर्ता, आन्दोलनको तयारी हुँदै

विभिन्न लगानीकर्ताहरुले अहिलेको सरकार पूँजीबजार बिरोधी भएको भन्दै पूँजीबजारका बोरोधीहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा नो भोट अभियान सञ्चालन गरेका छन् । 

उनिहरुले सामाजिक सञ्जाल फेसबुकमा "पूँजीबजार बिरोधीहरुलाई आगामी चुनावमा नो भोट ! ४५ लाख लगानीकर्ताहरुको आवाज" भन्दै फोटोहरु आफ्नो वालमा सेयर गरिरहेका छन् । सरकार पूँजीबजारको विकास र विस्तारमा बाधक बनेको भन्दै लगानीकर्ताहरुको समूहले बृहत आन्दोलनको तयारी समेत सुरु गरेको छ । 

बिरोधको कार्यक्रम को लागी  सम्युक्त अपिल प्रकाशन गर्ने भन्दै पूँजिबजार सुधारका लागि  माहाअभियान नामक समूहले आज सोमबार बेलुका ४ बजे क्वालिटी ब्यान्केट बानेश्वरमा उपस्थित हुन सम्पुर्ण लगानिकर्ता, सम्पुर्ण सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुलाई आह्वान गरेको छ । 

उक्त समूहले नै आगामी शुक्रबार पूँजीबजारमा देखियका तमाम नितिगत समस्या र तिनको निराकरणको लागि रणनिती बनाउने उदेश्यले लगानिकर्ताहरु, सङ्गठनका प्रतिनिधीहरु तथा पुजिबजार  सग सम्बन्धित सरोकारवाला हरुको बृहत् छलफल कार्यक्रम आयोजना गरिने समेत जनाएको छ ।  

61adb5da43c8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको