Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपसँगै बढ्याे कर्जा प्रवाह, सिडी रेसियो कति ?

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १३ : ५३ मा प्रकाशित

निक्षेपसँगै बढ्याे कर्जा प्रवाह, सिडी रेसियो कति ?

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ७ अर्बले बढेकाे हाे । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।  बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेर ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

त्यसैगरी, यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.२४ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको