प्राइम कमर्सियल बैंक लिमिटेडको १६.६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस