Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै लगानीकर्ता संगठित, पौडेल नेतृत्वमा महासंघ बन्ने

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, ०७ : २५ मा प्रकाशित

पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै लगानीकर्ता संगठित, पौडेल नेतृत्वमा महासंघ बन्ने

नेपालको पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको भन्दै विभिन्न लगानीकर्ता संगठनहरु र लगानीकर्ताहरु संगठित हुने भएका छन् । विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठनहरुको महासंघ गठन गर्ने तयारीमा लगानीकर्ताहरु छन् ।

लगानीकर्ताहरुको हिजो सम्पन्न भेलाले एकतावद्द र सामुहिक ढंगले माग पुरा गर्नको लागि कार्य गर्ने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति समेत रहेका सक्रिय लगानीकर्ता अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा एक कार्यदल गठन भएको छ । 

आगामी शुक्रबार लगानीकर्ताहरुको आम भेला बोलाइएको र त्यहि भेलाबाट महासंघको समेत घोषणा हुन सक्ने छ भने आगामी दिनमा सेयर बजार सुद्धिकरणका लागि आवश्यक विभिन्न कार्यक्रमहरु तय गरिने छ । 

यस्ता छन् छलफलका निर्णयहरुः 

१. सेयर दलालमार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाईएको सिमा हटाईनुपर्ने मागमा पूर्ण सहमति  कायम गरियो । 

२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने निर्णय गरियो । 

३. पूँजी बजारको बिकास र बिस्तारका लागि अर्थ मन्त्रालयले ३ बर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय गरियो । 
 
४. माथि उल्लेखित कामहरु सम्पन्न भई पूँजी बजार सम्बन्धी नीति नियम, पुर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म हामी सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामुहिक ढंगले लागिरहने प्र्रण गर्दै अग्रज लगानीकर्ता श्री अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा बृहत कार्यदल गठन गरियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको