Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पेमेन्ट सोलुसन्सकाे मन्जुश्री फाइनान्ससँग सहकार्य

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १४ : ०५ मा प्रकाशित

नेपाल पेमेन्ट सोलुसन्सकाे मन्जुश्री फाइनान्ससँग सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्सकाे तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आइ टि हेडले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सकाे चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । 

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको