Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाले बोनस घोषणाको ६ महिनामा पनि तोकेन बुक क्लोज मिति, के हेर्दै छ धितोपत्र बोर्ड ?

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १५ : ४५ मा प्रकाशित

नेपाल पुनर्बीमाले बोनस घोषणाको ६ महिनामा पनि तोकेन बुक क्लोज मिति, के हेर्दै छ धितोपत्र बोर्ड ?

नेपाल पुनर्बिमा कम्पनीले लाभांस घोषणा गरेको ६ महिना भइसक्दा पनि बुक क्लोजको मिति तोक्न सकेको छैन ।  साधारणत: कुनै कम्पनीले लाभांस घोषणा गरेको केहि हप्ताभित्र बुक क्लोज गरिसकेर १/२ महिनाको अवधिमा त लाभांस लगानीकर्ताको खातामा पठाईसक्ने चलन छ ।  

विशेषगरि यदि कुनै कम्पनीले लाभांशको रुपमा बोनस सेयर प्रस्ताब गरेको छ भने त झन् बुक क्लोज र लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउने काम जतिसक्दो छिटो गर्नुपर्ने हुन्छ ।  यदि समयमा बुक क्लोज नहुने र बोनस सेयर लिस्टेड नहुने हो भने  कम्पनीको सेयर मूल्यमा हुने उतार चढावले लगानीकर्ताहरुलाई ठूलो नोक्सानी  हुन सक्ने सम्भावना रहन्छ ।  

उदाहरणको लागि करिब ६ महिना अगाडी नेपाल पुनर्बिमाले बोनस घोषणा गर्दै गर्दा सो कम्पनीको सेयरमूल्य २००० को हाराहारीमा थियो ।  यो बिचमा कम्पनीको सेयर मूल्य घटेर १२०० को हाराहारीमा आइसकेको छ । कम्पनीले बोनस घोषणा गरिसकेपछि बोनस खान सेयर किनेका लगानीकर्तालाई अहिले NRIC को सेयर टोक्नु न बोक्नु भएको छ ।  'बजारमूल्य घटेर कहाँ पुगिसक्यो, कम्पनीले बोनसको बुकक्लोज त  गर्न सकेको छैन, झन् बोनस लिस्टेड भएर खातामा आउने कहिले हो ?' एक लगानीकर्ताले गुनासो व्यक्त गरे ।  

के हेरेर बसेको छ धितोपत्र बोर्ड ?

नेपाल धितोपत्र बोर्डमा सुचिकृत कम्पनीहरुले गर्नुपर्ने कामहरु समयमा गरेका छन् कि छैनन् भनेर हेर्न भनेर 'सुपरिवेक्षण शाखा ' नामको छुट्टै संयत्र छ । लगानीकर्ताहरुले व्यापक गुनासो गरिसकेपछि यो विषयमा धितोपत्र बोर्डले आवश्यक कदम चाल्नुपर्ने होइन र भनेर नेपाल धितोपत्र बोर्ड सुपरिवेक्षण शाखाका शाखा प्रमूख बिनय देव आचार्यसंग प्रश्न गर्दा आफुलाई यसबारेमा केहि जानकारी नभएको उनले बताए । यस्ता कुरामा त धितोपत्र बोर्डले खोजि खोजि नियमन गर्नु पर्ने होइन र भन्ने हाम्रो प्रश्नको जबाफ दिंदै त्यसबारेमा खास के भएको रहेछ बुझेर तुरुन्तै कम्पनीलाई बुक क्लोजको मिति सार्वजनिक गर्न निर्देशन दिने उनले बताए ।  

यस विषयमा कम्पनी के भन्छ ?

करिब २० दिन अगाडि यसबारेमा बुझ्दा कम्पनीका प्रवक्ता दामोदर भण्डारीले बुक क्लोजको मिति तोक्न ढिला भएको स्वीकार्दै साता/ दस दिनभित्रै बुक क्लोजको मिति सार्वजनिक गरिने बताएका थिए।  हप्ता दिनभित्र गरिसक्छौ भनेको काम २० दिन भैसक्दा पनि किन भएन भनेर पटक पटक सम्पर्क गर्ने कोसिस गर्दा पनि कम्पनीका पदाधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको