Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्राइम कमर्सियल बैंकको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०६ : ५१ मा प्रकाशित

नेप्सेमा प्राइम कमर्सियल बैंकको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८१ रूपैयाँ ९० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

61b005718d119.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको