Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तकाे साधारणा सभा आज, ५० प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०७ : १० मा प्रकाशित

महिला लघुवित्तकाे साधारणा सभा आज, ५० प्रतिशत लाभांश पारित हुँदै

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा आज मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसाेर्ट, धुलिखेल-३, काभ्रेमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने, सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरूको निर्वाचन गरी नियुक्ती गर्ने, सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने, संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने/गाने, प्राप्ति-एक्विजिसन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन (Due to Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने, गाभिने, प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमाजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, मंसिर १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको