Like us!
Follow us!
Connect us!
Watch us!

एक्सल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद मंसिर २९ गतेबाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०७ : २७ मा प्रकाशित

एक्सल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद मंसिर २९ गतेबाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

एक्सल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ ।  

कम्पनीले सर्वसाधारण समुहतर्फ २७ हजार २५७ कित्ता सेयर लिलाम बढाबढमा राखेको हो । इच्छुक आवेदकले मंसिर २९ गतेदेखि  पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले इच्छुक आवेदकले मंसिर २९ गतेदेखि  पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

शेयर लिलामीको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटबल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु: नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

61b00f896fb91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको