Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न वोमी लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १० : ४२ मा प्रकाशित

लाभांश पारित गर्न वोमी लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २१ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दशाैँ वार्षिक साधारण सभा पाैष १६ गते शुक्रबार, धुलिखेल नगरपालिका -४, धुलिखेल, काभ्रेपलाञ्चाेकस्थित हाेटल अरनिकाे सभाहलमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b03ca5020fa.jpg 61b03ca9243ec.jpg 61b03cad88108.jpg 61b03cb23f6a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको