Like us!
Follow us!
Connect us!
Watch us!

अरूले कति कमाए भन्दा पनि कति अध्ययन गरे भन्ने कुरामा ध्यान दिनुहोस् !

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ११ : ५० मा प्रकाशित

सेयर बजारमा सबैले कमाएको कुरा सुनेर लगानी गर्नुभन्दा पनि सेयर बजारका बारेमा आधारभूत ज्ञानहरु हाँसिल गरेर मात्र बजार प्रवेश गर्नुपर्ने सुझाव दिन्छन् अनुभवी लगानीकर्ता तिलक कोइराला ।

प्राथमिक बजार भनेको आइपीओ भर्ने बजार हो यो बजारमा लगानीमा कम जोखिम रहन्छ । तर दोश्रो बजार सेयर खरिद बिक्री गर्ने बजार हो जसलाई नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गरेको हुन्छ । सेयर बजारमा प्रवेश गर्नुअघि अध्ययन गर्नुपर्नेमा उनी जोड दिन्छन् । कसैले यति कमाएको भन्ने सुनेर मात्र नभएर उसले कति अध्ययन गरेर लगानी गर्न सुरु गर्यो भन्ने कुरालाई ख्याल गर्नुपर्नेमा उनी जोड दिन्छन् । 

ज्ञान नहुन्जेल आइपीओबाट लगानीको यात्रा सुरु गर्न सल्लाह दिन्छन् उनी । "आइपीओ परेको खण्डमा तपाईंले न्यूनतम १००० लगानी गरेमा पनि राम्रो प्रतिफल पाउनुहुनेछ" उनले भने, "कम्पनीको विवरण, कम्पनीको व्यवसाय , व्यवस्थापन कुन प्रकारको छ र कति मात्रामा ग्रोथ देखिएको छ त्यसले कम्पनीको मूल्य कति पुग्नेछ भन्ने कुरामा मात्र हेरेर लगानी गरेमा पनि लगानी सुरक्षित हुन्छ ।"

सेयर बजारमा लगानी गर्दा सेयर बजारमा हुने जोखिम तथा बजारमा जानकारहरुले गर्ने चलखेलको बारेमा बुझ्नुपर्छ, बजारमा हुने जोखिमलाई नबुझेमा वा अन्य लहै लहैमा लगेर उच्च मूल्यमा सेयर खरिद गर्दा उच्च जोखिमको सम्भावना हुन्छ त्यसैले कुनैपनि क्रियाकलाप गर्दा अध्ययन गरेर सुरु गर्न साथै उत्साहका शेयर खरिद गर्दा धेरै पटक घाटा हुने अनुभव साट्दै त्यस्तो नगर्न सुझाव दिन्छन् उनी । 

सेयरबजारमा लगानी गर्दा विस्तारै लगानीको यात्रा तय गरेमा नाफाको साथै लामो समयसम्म बजारमा अडिन सकिने सकिने उनको तर्क छ ।  एकैपटकमा आँफुसंग भएको सबै पूँजीको परिचालन नगरी केहि रकम मात्र प्रयोग गर्नुपर्छ जसले गर्दा भोलिका दिनमा बजारमा पुनः पुनः सेयर खरिदको अवसर प्राप्त हुनसक्छ । लगानी गर्दा हल्ला वा सकैको सल्लाहकै भरमा भन्दा पनि अध्ययन गरेर संयमताका साथ लगानी गर्न उनी सल्लाह दिन्छन् ।

बुँदागत रुपमाः

- लगानी गर्नुपुर्व राम्रोसंग अध्ययन गर्नुहोस् र बजारसँग अपडेट भई राख्नुहोस् । 

- सुरुमा बजार प्रवेश गर्दा आइपीओबाट बजार छिर्नुहोस् र विस्तारै इन्भेष्टमेन्ट गर्न सुरु गर्नुहोस् ।

- आत्तिएर वा लहै लहैमा लगानी योजना नबनाउनुहोस् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको