Like us!
Follow us!
Connect us!
Watch us!

एक वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ०८ : ०० मा प्रकाशित

एक वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

एक वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक, समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका आजसम्म कायम सेयधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको एक्काइसौँ वार्षिक साधारण सभा पौष ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

समता घरेलु लघुवित्त वित्तीय संस्था संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आज मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आज मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पौष ११ गते, आइतबार, अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको