Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीका अभिव्यक्तिलाई गलत व्याख्या गरेर किन बनाइँदैछ नकारात्मक माहोल ? बजारमा राजनीतिक रंग !

बसन्त पाण्डे

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १० : ४९ मा प्रकाशित

अर्थमन्त्रीका अभिव्यक्तिलाई गलत व्याख्या गरेर किन बनाइँदैछ नकारात्मक माहोल ? बजारमा राजनीतिक रंग !

हिजो नाडा अटोमोबाइल्सको साधारणसभालाइ सम्बोधन गर्दै अर्थमन्त्रीले भने , ’ ’म अर्थशास्त्र जानेको मान्छे होइन, अर्थशास्त्र के हो म बुझ्दिन ।’ त्यसमा थप्दै उनले भने, ’अर्थशास्त्रै नजानेको मान्छे कसरी अर्थमन्त्री हुन्छ भन्ने यदाकदा सुनिन्छ, तर नेपाललाई यहाँकै स्रोत साधन प्रयोग गरेर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे म जानकार छु, मलाई योभन्दा बढी अर्थशास्त्र जान्नु पनि छैन। ’

यो अभिव्यक्ति कुनै नकारात्मक अभिव्यक्ति होइन।  हालका अर्थमन्त्री जनार्दन शर्मा अर्थाशाश्त्र पढेका व्यक्ति होइनन। त्यसैले उनले अर्थशास्त्र  म बुझ्दिन भन्नु कुनै अचम्मलाग्दो कुरा होइन।  हिजोको कार्यक्रममा  उनले यो कुरालाई इमान्दारिताका साथ स्वीकारे।  तर त्यसैलाई विभिन्न संचारमाध्यम लगायत सामाजिक संजालमा सक्रिय कतिपय लगानीकर्ताका नेता भनिनेहरुले अत्यन्तै नकारात्मक अभिव्यक्तिका रुपमा प्रचार गरे।  

खासमा अर्थमन्त्रीले गर्ने भनेको कुशल नेतृत्व दिने हो।  नेतृत्वको नियत राम्रो हुनुपर्दछ, त्यो कुरामा दुइमत हुन सक्दैन।  अहिलेका अर्थमन्त्रीले उर्जा मन्त्रालय सम्हाल्दा गरेको कुशल नेतृत्वको कारण देश लोडशेडिङ्ग मुक्त भएको गर्विलो इतिहास हामीमाझ छ।  खासमा अर्थमन्त्री एक्लैले गर्न सक्ने केही होइन, अर्थमन्त्रालय र त्यसको मातहतका निकायका हरेक व्यक्तिले आफ्नो काम इमान्दारीताका साथ गरे मात्रै जनताले अनुभव गर्न सक्ने किसिमको परिवर्तन आउने हो।  त्यसको लागि समग्र अर्थतन्त्रको नेतृत्व गर्ने अर्थमन्त्री नैतिकवान, इमान्दार र निष्कलंक हुनु आवश्यक छ।  हालका अर्थमन्त्रीको नैतिकता र निष्कलंकतामा प्रश्न उठाउने ठाउँ कतै देखिदैन।  

लगानीकर्ताले सेयर बजार जहिले पनि बढेको हेर्न चाहनु स्वभाविक हो तर व्यवहारिक रुपमा त्यो सम्भव छैन।  संसारको कुनै पनि सेयर बजार बढेको बढेकै गर्दैन।  

कुनै अर्थमन्त्रीको पालामा सेयर बजार कति बढ्यो र कति घट्यो भन्ने कुरालाई नै निजको कार्यकाल कति सफल रह्यो र कति असफल रह्यो भन्ने कुरासंग जोडेर हेर्ने हो भने  कतिपय अर्थशास्त्रका जानकार र विद्वान अर्थमन्त्रीहरुको पालामा पनि सेयर बजार मज्जाले घटेको उदाहरण हामीमाझ छ। अर्थशास्त्रका ज्ञाता तथा  नेपाल राष्ट्र बैंकका गभर्नर भैसकेका विद्वान डा युवराज खतिवडा अर्थमन्त्री भएर आउँदा पनि सेयर बजार मज्जाले घटेको थियो।  त्यतिबेला धेरैले डा खतिवडालाई गालि गरे तर पछि उनले त्यतिखेर लिएका केहि नीतिहरूले दीर्घकालमा समग्र अर्थतन्त्रलाई कसरी राम्रो गर्यो भन्ने कुरा धेरैले बुझिसकेका छन।  

विशेषगरि अहिले बजारमा डर र त्रास फैलाउन अर्थमन्त्री सेयर बजारप्रति नकारात्मक छन भन्ने कुरा फैलायर आफ्नो स्वार्थ पुरा गर्न केहि समूह सक्रिय भएको देखिन्छ। त्यो कुरामा सत्यता नरहेको कुरा अर्थमन्त्रीका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले अर्थसंसारसंग कुरा गर्दै हिजो मात्र बताएका छन।  खासगरी पुँजीगत खर्च हुनुपर्ने जति हुन नसकेकोमा अर्थमन्त्री अत्यन्तै गम्भीर रहेको र दुइ हप्ताभित्रै ठुलो मात्रामा पुँजीगत खर्च गराउन अर्थमन्त्री जोडतोडका साथ लागेको र त्यसले अहिले बजारमा देखिएको तरलता संकटलाइ धेरै हदसम्म सम्बोधन गर्ने पनि उनले बताएका छन।  

लगानीकर्ताले बुझ्नु पर्ने कुरा चाहिं बजार अहिले धेरै तल आइसकेको हुँदा यो लगानीको लागि उपयुक्त समय हुन सक्ने मनन गर्दै बजारमा आइरहेका अनेकौ हल्लाहरुको पछाडी लाग्नुको साटो आफ्नो अध्धयन, जोखिम लिन सक्ने क्षमताको आधारमा राम्रो प्रतिफल दिन सक्ने आधारभूत रुपमा राम्रो अवस्थामा रहेका कम्पनीहरुमा लगानी गर्नु लगानीकर्ताको हितमा रहन सक्दछ।  बजारमा फैलाईएको डर र त्रासमा परी आत्तिएर आफुसंग होल्डमा रहेका कम्पनीहरु बेच्ने बेला यो हो कि होइन भनेर मज्जाले समिक्षा गर्ने बेला भैसकेको छ ।

लेखक सेयर बजार जानकार र प्राविधिक बिष्लेशक पनि हुन् ।

नाडाको  वार्षिक उत्सवमा उर्जा मन्त्री शर्माले गरेको भाषण

म अर्थशास्त्र जानेको मान्छे होइन | जान्न जरुरी पनि छैन | JANARDAN SHARMA

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको