Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बले घट्याे निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १० : ५८ मा प्रकाशित

३ अर्बले घट्याे निक्षेप, सिडी रेसियोमा सुधार

बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ । 

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्व ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्व ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्व ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्व एक अर्ब पुगेको छ । 

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ । सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो । निक्षेप घटेपनि कर्जा लगानीमा आक्रमक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ  । 

मंगरबारसम्मको वित्तीय सूचक

कुल निक्षेप  : ४८ खर्ब एक खर्ब
कुल लगानी  : ४५ खर्ब ८५ अर्ब
कर्जा -निक्षेप अनुपात  : ९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर :  ४.९८ प्रतिशत 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको