Like us!
Follow us!
Connect us!
Watch us!

निरज गिरीलाई प्रश्न : "बजार बढ्दा विज्ञप्तिबाजी गर्ने बोर्ड घट्दा किन बोल्दैन ?"

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १४ : १२ मा प्रकाशित

निरज गिरीलाई प्रश्न : "बजार बढ्दा विज्ञप्तिबाजी गर्ने बोर्ड घट्दा किन बोल्दैन ?"

नेपाल धितोपत्र बोर्ड पुँजी बजारको नियामक निकाय हो । बजारको विकास र स्थायित्वको लागि आवश्यक व्यवस्था गर्नु, बजारमा कुनै अवाञ्छित गतिविधि भएका छन् भने तिनको नियमन गर्नु र आम लगानीकर्ताको हक हितको संरक्षण गर्नु उसका प्रमुख दायित्वहरु हुन् । तर धितोपत्र बोर्डले गरेका गतिविधिहरु हेर्दा उसले आफ्ना दायित्वहरु राम्ररी पुरा गरेको देखिँदैन ।  

सेयर बजार बढेर करिब ३०२५ को कीर्तिमानी विन्दु चुम्दै गर्दा असार १ गतेका दिन ’जोखिमयुक्त कम्पनीहरु’ भन्दै ५१ वटा कम्पनीहरुको लिस्ट सार्वजनिक गर्यो । त्यसलगत्तै बजार तिव्र रुपमा घटेर करिब २७८० को विन्दुसम्म झर्यो । अहिले परिस्थिती परिवर्तन भएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिपछि बजार निरन्तर ओरालो यात्रामा छ । यो करिब ४ महिनाको अवधिमा नेप्से परिसूचक ७०० भन्दा बढि अंकले घटिसकेको छ । सेयर बजारको विकास र विस्तार एवं लगानीकर्ताहरुको संरक्षणको जिम्मा पाएको बोर्ड भने बजार निरन्तर घटेर लगानीकर्ताहरु त्रसित बन्दा समेत चुइँक्क बोलेको छैन ।  

बजार बढ्दै गर्दा मुख्यतः पीइ रेसियोकै आधारमा जोखिमयुक्त कम्पनीहरु भनेर लिस्ट सार्वजनिक गर्ने धितोपत्र बोर्डले बजार तिव्र रुपमा घटेर आधारभूत रुपमा निकै बलिया कतिपय कम्पनीहरुको पीइ रेसियो १५ भन्दा पनि तल आइसकेको अवस्थामा ’लगानीयुक्त कम्पनीहरु’ भनेर लिस्ट सार्वजनिक गर्नु पर्छ कि पर्दैन भनी हामीले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई सोध्दा उनले त्यो बेलामा पनि जोखिमयुक्त भन्ने हिसाबले भन्दा पनि आम लगानीकर्तामा वित्तिय साक्षरता बढाउनको लागि विभिन्न सूचकहरुलाई आधार बनाएर लिस्ट सार्वजनिक गरेको र अहिले धितोपत्र बोर्ड नेतृत्व विहिन अवस्थामा रहेकाले अहिले ठोस रुपमा केहि गर्न सक्ने अवस्थामा नरहेको बताए ।  

'धितोपत्र बोर्ड सञ्चालक समितिले हरेक महिना आफ्नो विचार समेत उल्लेख गरी सेयर बजारको अवस्थाको बारेमा रिपोर्टिङ्ग गर्न निर्देशन दिएको छ । सो अनुसार हामी सञ्चालक समितिमा प्रतिवेदन पठाउनेछौँ । त्यो प्रतिवेदनमा बजारको घट्दो अवस्थाको बारेमा पनि उल्लेख गर्नेछौँ । यदि सञ्चालक समितिबाट त्यस्तो किसिमको निर्देशन आएको खण्डमा धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउने किसिमको विज्ञप्ति निकाल्न पनि सक्नेछ’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको