Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको दिनदिनै उपहार योजनामा स्विडेनबाट पूर्ण प्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १२ : ०९ मा प्रकाशित

इसेवाको दिनदिनै उपहार योजनामा स्विडेनबाट पूर्ण प्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । 

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौँमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए। उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहेकाले उनका प्रतिनिधीले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको