Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश पारित

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, ११ : ४२ मा प्रकाशित

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज (मंसिर २७ गते, सोमबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएकाे छ ।

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

सभामा बैंकका अध्यक्ष कल्याण बन्धु अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएकाे छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेकाे छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने र बैंकको पुँजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ । 

साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८को प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । 

बैंकले सदाझै  आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलितरुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले  बताए । 

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवाप्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउनलागी परेको पनि उनले  जानकारी गराए । 

साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवाप्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीकालागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराए । 

यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।  बैंकको  खुदमुनाफा आ.व.२०७६/७७को तुलनामा आ.व.२०७७÷/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ गेको हो ।

हाल बैंकले २ खर्ब ७४अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलनगर्नुका साथै २ खर्ब ७०अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ बैंकले देशका ७६जिल्लामा २८ ७शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५०भन्दा बढि सेवा केन्द्रबाट २७लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको