Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा चुनौती नभएका होइनन् तर अहिलेनै आतिनु पर्ने अवस्था छैन : प्रवक्ता, राष्ट्र बैंक

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, १५ : १५ मा प्रकाशित

अर्थतन्त्रमा चुनौती नभएका होइनन् तर अहिलेनै आतिनु पर्ने अवस्था छैन : प्रवक्ता, राष्ट्र बैंक

मुलुकको आर्थिक स्थितिमा गम्भीर संकट आइसकेको भन्दै सर्वत्र चर्चा भईरहँदा नेपाल राष्ट्र बैंकका नवनियुक्त  प्रवक्ता डा. गुणाकर भट्टले परिस्थिति सामान्य नभए पनि असामान्य पनि नभएको भन्दै अर्थतन्त्रले छिट्टै लय समात्ने जिकिर गरेका छन् ।  

अर्थसंसार सँग कुरा गर्दै डा भट्टले भने, 'अहिले केही असहज परिस्थिति हो तर बाहिर प्रचार भएजस्तो चाहीँ होइन।   सरकारले पर्याप्त मात्रामा पूँजीगत खर्च गर्न नसक्दा समस्या झन् बढेर गएको छ ।  अर्को कुरा अघिल्लो वर्षको भन्दा रेमिट्यान्स घटेको तथ्याङ्क आएको छ।  रेमिट्यान्स त बढ्नु पर्ने हो, किनकी अघिल्लो वर्षको तुलनामा प्राय: सबै देशहरुमा वर्कफोर्स मार्केट राम्रो भएको छ, त्यसले रेमिट्यान्स बढ्नुपर्ने हो। रेमिट्यान्सको विषयमा कहाँनिर लिकेज भैरहेको छ त्यसको अध्धयन भैरहेको छ। ' 

'तथ्याङ्क आइसकेको छ, त्यसले ब्यालेन्स अफ पेमेन्टमा केहि समस्या छ भन्ने कुरा देखीइसकेको  छ।  त्यसैले हामीले समस्या नै छैन भन्ने कुरा होइन।  पूँजीगत खर्च गर्न सकियो भने धेरै हदसम्म यो समस्या हटेर जानेछ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत केहि हदसम्म सम्बोधन गरिसकेको छ।  अर्धवार्षिक समिक्षामा पनि आवश्यकता अनुसारको सम्बोधन हुने नै छ।  ब्यालेन्स अफ पेमेन्टमा सुधार ल्याउनका लागि आयातमा कडाइ गर्ने कुराहरु अगाडी बढ्दै छन्। '

स्थिति कहिलेदेखि पूर्ण रुपमा सहज र सामान्य होला त भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले भने, ' विश्व अर्थतन्त्र पनि चुनौतिपूर्ण बन्दै गैरहेको छ। अन्तराष्ट्रिय बजारमै मुद्रास्फीति बढ्दै गैरहेको छ।  विश्व अर्थतन्त्रको प्रभाव नेपालमा पनि पर्न सक्छ।  त्यसले नेपालको इन्फ्ल्यासन रेट पनि बढ्न सक्ने सम्भावना रहन्छ।  अर्कोतर्फ के पनि छ भने करिब ७ महिनाभन्दा बढी समयलाई धान्न सक्ने विदेशी मुद्रा संचिति अहिले पनि छ।  IMF ले ऋण सहयोग उपलब्ध गराउने सहमति भैसकेको छ।  त्यसले पनि अहिलेको समस्यालाई सहज गराउन सक्छ। ' 

हाम्रो जस्तो आयातमूखी अर्थतन्त्रको समस्या के हो भने आर्थिक गतिविधिहरु बढ्दै जाँदा ब्यालेन्स अफ पेमेन्ट मा असर पर्छ।  आयात बढ्नु भनेको अर्थतन्त्र ग्रो गर्नु पनि हो।  यसरी पनि हेर्नु पर्यो।  

अब के-के गरियो भने समस्या समाधान हुन्छ त भन्ने प्रश्नमा उनले भने, 'मुख्य कुरा त सरकारले पुँजीगत खर्चको मात्रालाई व्यापक रुपमा बढाउनु पर्यो।  अर्को कुरा भनेको अहिले सवारी साधनको आयात एकदम धेरै भैरहेको छ, त्यसलाई केहि समयको लागि रोक्नु पर्यो , नेपालमा व्याजदर बढिरहेको सन्धर्भमा NRN हरुलाई हाम्रा बैंकहरुमा डिपोजिट गर्न प्रेरित गर्नुपर्यो, बैंक तथा वित्तिय संस्थाहरुलाई वैदेशिक ऋण लिने बाटो खुल्ला गरिसकेको अवस्थामा उनीहरुले त्यसको लागि पहल गर्नुपर्यो।  यस्ता कामहरु भएको खण्डमा अहिले देखिएका अधिकांश समस्याहरु समाधान हुनेछन्। '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको