Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र युवा परिषदको सहकार्यमा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १३ : ४० मा प्रकाशित

नबिल बैंक र युवा परिषदको सहकार्यमा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंक लिमिटेड र युवा परिषद्को सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । 

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धी ६ दिने  तालिम कार्यक्रम समापन भएको हाे । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियाे । 

तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियाे । 

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए ।

उक्त कार्यक्रममा बाेल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र राेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आँकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । 

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौँको कारोबार गरिरहेको उदाहरण दिँदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंककाे सधैँ साथ रहने बताए । 

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताका सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उनीहरु सक्रिय रुपमा सहभागी मात्र नभई आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेका बताए । उनले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको बताए । उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको समेत र भेडाबाख्रा पालन त्यहाका वासिन्दाको मूख्य व्यवसाय हुन सक्नेछन् । दिगो बैंकिङ प्रवर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी दिएका छन् ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई  मंसिर २० गतेदेखि मंसिर २७ गतेसम्म सञ्चालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम/कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढी रहेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको