Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटलकाे लगानी सचेतनामुलक कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १६ : ३२ मा प्रकाशित

एनआईबीएल एस क्यापिटलकाे लगानी सचेतनामुलक कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको  आयोजनामा एक अन्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय  लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न  आयामहरुको बारेमा समेत छलफल गरेका छन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्धी कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता  हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै  सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने क्यापिटलले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको