Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको करेक्सन अस्वभाविक, यो लगानी गर्नेहरुलाई उत्तम बेला हो : छाेटेलाल रौनियार

अर्थसंसार

आइतबार, ०४ पुस २०७८, १४ : ४५ मा प्रकाशित

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष एवं सेयर विश्लेषक छाेटेलाल रौनियारले नेप्सेमा अहिले देखिएको गिरावट अस्भाविक भएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार विशेषसँगकाे कुराकानीमा रौनियारले यसो बताएका हुन् । 

"सेयर बजारका बारेमा केहि पनि ज्ञान नभएका र सेयर बजारको प्रकृति समेत नबुझेका व्यक्तिहरु बजारका बारेमा जथाभावी बोल्दा बजारमा अस्वभाविक करेक्सन देखियो, नियामक निकायहरु पनि बजार बढ्दा मात्र तात्तिने बजार प्रति नै बक्र  दृस्टि राख्ने अनि सबै निकायहरुले बजारको विकास भन्दा पनि लगानीकर्ताहरुले कामाएको रिस मान्ने प्रवृति बढेको कारण पनि बजारमा केहि नकारात्मकता देखिएको छ" उनले भने, "बजारको बढाई र घटाई आँफैमा स्वभाविक हो तर अहिलेको बजारको गिरावट त्यती स्वभाविक भने देखिदैन यसमा कसैले बजार घटाउने नियतले नै चलखेल गरेजस्तो देखिन्छ ।"

अहिले समग्रमा नेप्से नै करिब करिब २७ प्रतिशत जतिले घटिसकेको छ , केहि कम्पनीहरुलाई इन्डिभिज्युल रुपमा हेरेयो भने त कतिपय स्टकहरुको मूल्य करिब करिब ५० प्रतिशतले घटिसेको छ धेरै कम्पनीहरुको पिई रेसियो १५ भन्दा पनि तल त्यसैले अहिलेको अवस्थालाई लगानीकर्ताहरुले अवसरको रुपमा लिएर आधारभुत रुपमा बलिया कम्पनीहरु हेरेर लगानी गर्नसकेमा छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने बताउँछन् रौनियार । 

बजारमा यति ठुलो फल आउँदा समेत लगानीकर्ताका संगठनहरु किन मौन बसे त भन्ने हाम्रो जिज्ञासामा रौनियारले भने, "लगानीकर्ताका संगठनहरुले काम नै नगरेको भन्ने त होईन पहिले लगानीकर्ताका नाममा विभिन्न  ६ ७ वटा संगठनहरु थिए अव अहिले सबै संगठनहरु एकै ठाँउमा उभियर नियामक र सरकारलाई दिनुपर्छ भन्ने आवश्यकता महशुुस भएर लगानीकर्ताहरुको महासंघ गठनको प्रक्रिया अघि बढेको छ संगसंगै बजारमा देखिएका बिकृती बिसंगतिका बिरुद्धमा एक भएर बोल्नु पर्छ भनेर विभिन्न संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक भएकाछन् समग्रमा हामि सबैको माग र आसय भनेको बजार स्वतन्त्र ढंगले चल्न पाँउनु पर्छ भन्ने नै हो, उनले भने ।"

लगानीकर्ताहरुले पनि विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजिक गर्दा त्यसमा नितान्त बजारसँग सम्बन्धीत मागहरु मात्र राख्नुपर्ने भन्दै उनले भने, " लगानीकर्ताहरुले अन्य माग भन्दा पनि नितान्त बजारका मागहरुमा केन्दित हुनुपर्छ, लगानीकर्ताहरु भनेको पुर्णरुपमा व्यवसायी नै हाैँ हाम्रा मागहरु पनि व्यवसायिक नै हुनु पर्छ त्यसमा कुनै पनि ढंगले राजनितिक मागहरु घुस्न दिनु पनि हुँदैन र कसैलाई सेयर बजारमा राजनिती गर्न दिनु पनि हुँदैन भन्ने मेरो धारणा हो ।"

"सैद्धान्तिक रुपमा हेर्दा बुक बिल्डिङ विधी उत्कृष्ट विधी हो जसलाई विश्वका धेरै देशहरुले अबिलम्बन पनि गरेका छन् हामीले पनि बेला बेलामा धितोपत्र बोर्डलाई यदि बजारमा रियल सेक्टरका कम्पनीहरुलाइ भित्रायाउने हो भने बिल्डिङ बिधिको सुरुवात गर्नुपर्ने सल्लाह पनि दिएका थियौँ तर हाम्रोमा पहिलो पटक नै बिल्डिङ बिधिको गलत नजिर स्थापित भएको छ यो नजिरलाई मेट्ने जिम्मा भने बोर्डमा आउने नयाँ नेतृत्वको हुनेछ" उनले भने, "नियामकहरुले २५० प्रतिकित्तामा किनेको कम्पनीको सेयर सर्वसाधारणलाई भने ७५० रुपैयाँमा जारी गर्ने तयारी गरिदै थियो भन्ने कुराले लगानीकर्ताहरुमा बिल्डिङ विधीप्रति नै नकारात्मक धारण बसेको छ अब यसलाई हटाउन पनि अबको दिनमा बिल्डिङ विधिबाट आईपिओ जारी गर्दा पुर्णरुपमा पारदर्शि ढंगले हुनुपर्छ ।"  

यति लामो समय बितिसक्दा समेत धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख नियुक्त नगरिदा समग्र बजारको विकासमा नै नकारात्मक प्रभाव परेको बताउँछन् रौनियार । "सेयर बजार जस्तो संवेदिनशिल क्षेत्रको नियमन गर्ने निकाय यति लामो समयदेखि नेतृत्व विहिन हुँदा समेत सरकारले मतलव गर्नुबाट पनि सरकारको बजार प्रतिको गम्भिर्यता प्रष्ट हुन्छ अहिले वहाँहरु बजारको विकास गर्ने भन्दा पनि आर्थिक लेनदेनका आधारमा र राजनितीक भागभण्डाका आधारमा हुँदैछ भन्ने समाचारहरु बाहिरीएका छन् जुन आँफैमा खेदपुर्ण छन्, उनले भने "हामी अहिले सत्ता गठबन्धनका दलका नेताहरुलाई बिनम्रका साथ अनुरोध गर्न चाहान्छौँ यो क्षेत्र अन्य क्षेत्रजस्तो हेन यँहा राजनितिक भागभण्डाका आधारमा भन्दा पनि सक्षम र सबल नेतृत्व नियुक्त गर्नुहोस् यसले सरकार र लगानीकर्ता सबैको भलो हुन्छ ।"  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको