Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १३ : १७ मा प्रकाशित

निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्ब ७१ अर्ब निक्षेप रहेको छ । 

निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सिडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ । 

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैंक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ । 

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्ब रुपैयाँले वृद्धि भई ४६ खर्ब २ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको