Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न मित्तेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, मर्जर सम्बन्धी बिशेष प्रस्ताव

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ०७ : २२ मा प्रकाशित

लाभांश पारित गर्न मित्तेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, मर्जर सम्बन्धी बिशेष प्रस्ताव

मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले  आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

त्यस्तै सभाले  बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

61c281b4e4eab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको