Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा,  नगद र बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ०९ : ०४ मा प्रकाशित

हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा,  नगद र बोनस सेयर कति ?

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । 

पुस ६ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५० प्रतिशत नगद लाभांश गरेर कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने छ ।

कम्पनीले पुस २८ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको