Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तले डाक्याे साधारण सभा, सेयर स्वामित्व परिमार्जन गर्ने

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १२ : ०९ मा प्रकाशित

मिथिला लघुवित्तले डाक्याे साधारण सभा, सेयर स्वामित्व परिमार्जन गर्ने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसकाे सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा संस्थाको हाल कायम रहेको जारी पूँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनीको सेयर स्वामित्व रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको सेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमीक निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61c41842a042b.jpg 61c418477c14f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको