Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारकाे संकेत, सेयर बजार दाेहाेराे अंकले बढयो (आजको आर्थिक समाचार )

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, २२ : २४ मा प्रकाशित

आज (पाैष ८ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने, डाक्याे साधारण सभा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा अाह्वान गरेकाे छ । बैंकले पाैष २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा साधारण सभा गर्ने भएकाे हाे । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

२. लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्याे साधारण सभा, पाैष १६ गतेदेखि बुकक्लाेज

कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पन्ध्राैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार बैंककाे केन्द्रिय तालिम प्रतिष्ठान, बाेडे, भक्तपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, पुनः १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल सेन्ट्रल पार्क, सौराहा चितवनमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।  बैंकले पुनः १००% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेकाे छ । बैंकले हिजाे पाैष ७ गते, बुधबारदेखि  १००% हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । बैंकले यो हकप्रद सेयर बिक्री भएपछि कायम हुने चुक्ता पुँजीकाे १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर पुनः जारी गर्ने प्रस्ताव सभाबाट पारित गर्न लागेको हो ।  बैंकले साधारण सभा प्रयोजनका लागि पौष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४. सेयर बजारमा राैनकता कायमै, बीमा समूहमा लगानीकर्ताको आकर्षण

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । लगातार तेश्राे दिन पनि सेयर बजारले उकालाे यात्रा गरेकाे हाे । बढेकाे बजारमा बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै निर्जीवन बीमा समूह बढेकाे छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेकाे छ । नेप्से ०.५० प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा पुगेको छ । कूल २२९ वटा कम्पनीकाे ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार पनि हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३६ कराेड २४ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक हजार ६ सय ८८ रूपैयाँ पुगेकाे छ । त्यस्तै, बरूण हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.३१ प्रतिशतले र जीवन विकास लघुवित्तकाे सेयरमूल्य पनि ९.०७ प्रतिशतले बढेकाे छ । यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.७४ प्रतिशतले घटेर ८ सय ४४ रूपैयाँमा झरेकाे छ । 

५. मध्य भोटेकोशीकाे आईपीओ नेप्सेमा सूचिकृत, आइतबारबाट काराेबारमा आउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पाैष ८ गते, बिहीबार) मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MBJC सिम्बाेल प्राप्त गरेकाे छ । अब आइतबारबाट काराेबार सुरू हुनेछ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।

६. नेप्सेले डाक्यो साधारण सभा, १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले वार्षिक साधारण सभा आह्वान गरेको छ । नेप्सेले पाैष २९ गते, बिहीबार नेप्से कै कार्यालयमा सभा आह्वान गरेको हो । नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि १०० प्रतिशत नगद गरी कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

७. बम्पर लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले डाक्यो साधारण सभा, पाैष १५ गतेदेखि बुकक्लोज

मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते बिहीबार, फाइनान्सको केन्द्रिय कार्यलय, नयाँबानेश्वर काठमाडौँमा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

८. मिर्मिरे लघुवित्तले डाक्याे साधारण सभा, २० प्रतिशत लाभांश पारित हुँदै

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चाेकमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १९ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. मिथिला लघुवित्तले डाक्याे साधारण सभा, सेयर स्वामित्व परिमार्जन गर्ने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसकाे सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाको हाल कायम रहेको जारी पूँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनीको सेयर स्वामित्व रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको सेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१०. सामुदायिक लघुवित्तले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आठाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हिमालय दृश्य रिसाेर्ट, बनेपा-६, भू टावर मार्ग, काभ्रेपलाञ्चाेकमा बिहान ९ बजेदेखि सुरु हुनेछ । संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ । त्यसैले, संस्थाका सेयरधनीहरूकाे हात खाली हुनेछ । संस्थाले साधारण सभा प्रयाेजनका लागि पाैष २१ गते, बुधबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

११. मानुषी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश वितरण नगर्ने

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको तेस्रो वार्षिक साधारण सभा पौष २९ गते, बिहिबार, लहरीखर्क रिसोर्ट, साँगा बनेपामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभामा वार्षिक प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ । संस्थाले लाभांश प्रस्ताव गरेकाे छैन । संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

१२. ७ सयले बढ्याे सुनकाे भाउ, १५ रूपैयाँले बढ्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ७ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । अाज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ६० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

१३. बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइएको छ । साथै, अध्यक्ष सिलवालले हिमालयन रिइन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीलाई व्यवसाय पठाउन नेपालका २० ओटै निर्जीवन बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गर्न निर्देशन दिएको उल्लेख छ । सोही विवादास्पद निर्णयमा अर्थमन्त्री शर्मा समेत तानिनेगरी अख्तियारमा उजुरी परेको हो ।

१४. तरलतामा सुधारकाे संकेत, कर्जाकाे तुलनामा ४ गुणा बढी निक्षेप संकलन

राष्ट्र बैंक पुषको पहिलो हप्तामा बैंकिंग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक पेश गरेका हुन्। यसले बैंकिंग सिस्टममा कर्जाको तुलनामा निक्षेप बढ्दै गइ बैंकहरुको सिडी रेसियोमा परेको दबाव कम हुँदै जाने देखिएको पनि उनले बताए।

१५. पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको