Like us!
Follow us!
Connect us!
Watch us!

बजार तत्काल नै बियरिसमा जाँदैन, सरकार सकारात्मक भए छिट्टै अलटाईम हाई रेकर्ड ब्रेक गर्न सक्छ

लगानीकर्ताको आवाज

शुक्रबार, ०९ पुस २०७८, १३ : ४६ मा प्रकाशित

नेपालका ठूला लगानीकर्ता एवंम उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नेपालको सेयर बजार तत्काल नै बियरिस ट्रेन्डमा नजाने बताएका छन् । 

अर्थसंसार डटकमसँगको कुराकानीमा प्रधानले भने “यो करिब करिब डेढ वर्षको अवधिमा नेप्से ११-१२ सयको विन्दुबाट बढ्दै ३२ सय भन्दा माथिको विन्दुमा पुगेर अहिले बजार घटेर करिब २५ सयको विन्दुमा पुगेको छ यसरी हेर्दा नेप्सेको यो बुलकै लो विन्दुलाई हर्दा पनि बजार अहिले १३-१४ सय अंकले माथि नै छ, केही ३२ सयको विन्दुमा बजार प्रवेश गर्नेहरु बाहेक अहिले पनि बजारमा अधिकांश लगानीकर्ताहरु नाफा मै छन् जसले गर्दा पनि अहिले तत्काल नै बजार बियरीसमा जाने सम्भावना म देख्दिँन ” । 

यो करेक्सनले केही हदसम्म लगानीकर्ताहरुको नाफालाई घटाएको छ तर धेरै नोक्सानी नै भने व्यहोर्न परेको छैन, अहिले सरकार र राजनीतिक दलहरु जथाभावी बोल्दा लगानीकर्ताहरुको मनीस्थिती नै बिग्रिएको छ यसलाई सुधार्न त केही समय लाग्छ नै त्यसैले पनि केही समय बजार साइडवेजमा जान सक्ने उनको तर्क छ । तर यदि बजार प्रति सरकार सकारात्मक हुने र केही बजारलाई सकारात्मक हुने म्यासेज आएमा भने बजारले छिट्टै पुरानो अलटाइम हाईको रेकर्डलाई भने ब्रेक गर्ने बताउँछन् उनी ।

“अहिले विभिन्न राजनीतीक दलका नेताहरुको पूँजी बजार प्रतिको गैरजिम्मेवार अभिव्यक्तिले लगानीकर्ताहरुको मनोभावमा नै आघात पुर्याएको जस्तो देखिन्छ, आफुलाई कम्युनिष्ट सिद्धान्तको अनुयायी वताउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुर्ण कम्युनिष्ट राजनितीक व्यवस्था भएको देश चिनको सेयर बजारका बारेमा अध्ययन नै नगरी नेपालको पूँजी बजारलाई साम्यवादको साधान भन्नु स्वभाविक देखिँदैन” उनले भने ।

“भारतमा नै सरकारले पूँजी बजारको पैसाले नै ठूला ठूला विकासका आयोजनाहरु सञ्चालन भएको उदाहरण दिँदै उनले भने, "नेपालमा पनि यसको सम्भावना त प्रचुर नै छ तर हाम्रो देशको सरकारले र नेताहरुले पूँजी बजारलाई र विकासलाई जोड्ने कोसिस नै गरेनन् , अहिले नेपालमा भएको पूँजी बजारको विकास कै कारण आम जनतामा वित्तिय साक्षरता र लगानी गर्नु पर्छ भन्ने भावनाको विकास भएको छ।"

हाम्रो देशमा सरकालाई र नियामकलाई जनताले पैसा कमाए भने टेन्सन हुन्छ तर तिनै जनताले कमाएको पैसाको करले सरकार सञ्चालन भएको छ भन्ने तथ्यलाई भने उनीहरुले ख्याल नगरेको उनको तर्क छ । नेपालका शासकहरु सेयर बजारप्रति नकारात्मक नै भन्दा पनि उनीहरुमा बजारको विकास गर्ने चाहाना भने नदेखिएको उनको विश्लेषण छ ।  

लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको