Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको साधारण सभा आज हुँदै, कुन कम्पनीका शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार

शनिबार, १० पुस २०७८, ०९ : २१ मा प्रकाशित

३ कम्पनीको साधारण सभा आज हुँदै, कुन कम्पनीका शेयरधनीलाई कति लाभांश ?

विभिन्न ३ वटा लघुवित्तकाे वार्षिक साधारण सभा आज (पाैष १० गते, शनिबार) हुँदैछ । जसमध्ये, २ वटा कम्पनीकाे लाभांश रहेकाे छ भने एउटा कम्पनीकाे मर्जरकाे मुख्य एजेन्डा रहेकाे छ । 

१. नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा आज (पाैष १० गते, शनिबार) बिहान ११ बजेदेखि उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा आज (पाैष १० गते, शनिबार) हाेटल रूबस, बैयावेहडी, धनगढी, कैलालीमा बिहान १० बजेदेखि सुरू हुनेछ । युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर गरेको हुनाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार गत कार्तिक २३ गते, आइतबारबाट रोक्का छ ।

३. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर १५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा आज (पाैष १० गते, शनिबार) हुनेछ । सभामा संस्थाकाे कार्तिक ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको