Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक र अर्थमन्त्रालयको एउटै स्वर: "अर्थतन्त्र नकारात्मक भएको होइन बरु पुनरुत्थानतर्फ गएको हो"

अर्थ संसार

शनिबार, १० पुस २०७८, ०९ : ४२ मा प्रकाशित

राष्ट्र बैंक र अर्थमन्त्रालयको एउटै स्वर: "अर्थतन्त्र नकारात्मक भएको होइन बरु पुनरुत्थानतर्फ गएको हो"

नेपाल राष्ट्र बैंकले केहिदिन अघि आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

सो कार्यक्रममा विभिन्न तथ्य र तथ्यांकहरु प्रस्तुत गर्दै राष्ट्र बैंकले दिन खोजेको संदेश थियो : अर्थतन्त्रमा अहिले देखिएको समस्या गम्भीर प्रकृतिको होइन , यस्ता किसिमका समस्याहरु विगतमा पनि आएका थिए र ति छोटो समयभित्रै समाधान पनि भएका थिए। विशेष गरी कोरोनाको समयमा ठप्प रहेका उद्योग, व्यापार व्यवसायहरु आफ्नो व्यवसाय विस्तारमा आक्रामक हुन जाँदा त्यता ठूलो लगानी भएको र सो को प्रतिफल आउन अलिक समय लाग्ने भन्दै राष्ट्र बैंकले अहिले नेपालको अर्थतन्त्र पुनरुत्थानतर्फ गएको बताएको थियो।

मुद्रास्फीति, व्यापार घाटा , विदेशी मुद्रा सञ्चय तथा कर्जाको व्याजदर अहिले जुन अवस्थामा छ, कुनै समय यो भन्दा निकै जटिल अवस्थामा रहेको तथ्यांक प्रस्तुत गर्दै राष्ट्र बैंकले अहिलेको अवस्थालाइ सहज बनाउन गरेका व्यवस्थाहरुको बारेमा पनि जानकारी गराएको थियो।

उता राष्ट्र बैंककै लाइनको अभिव्यक्ति अर्थमन्त्रालयबाट पनि आएको छ। अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीले अहिले अर्थतन्त्र कोभिडपछिको पुनरुत्थानमा गएको हुँदा अलिकति समस्या देखिएको बताए।

अर्थसंसारसँग कुरा गर्दै उनले कोभिड पछि अर्थतन्त्रलाई उकास्न पुनर्कर्जामा धेरै पैसा गएको र सो पैसाको ठूलो हिस्सा आयातमा गएको हुँदा अहिले आयातलाइ कडाइ गर्ने नीति सरकारले लिएको पनि उनले बताए। सरकारले पुँजीगत खर्चको मात्रा व्यापक रुपमा बढाउने र आयातमा कडाई गरिदा सो पैसा नबाहिरिदा बिस्तारै अहिले नकारात्मक देखिएका आर्थिक सूचकहरु सकारात्मक भएर जाने पनि उनले बताएका छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको