Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

आइतबार, ११ पुस २०७८, ०७ : १४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे । 

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६१ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि आज पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ३८ रूपैयाँ ७३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य ४ सय ८२ रूपैयाँ ६० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि  समेत गरी १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज पौष ११ गतेदेखि पौष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको २९ औँ वार्षिक साधारण सभा पौष २६ गते सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको