Like us!
Follow us!
Connect us!
Watch us!

सेयर किन्दा 'रिवार्ड' भन्दा 'रिस्क' हेर्नुपर्छ, योजनासहित लगानी गर्नेले घाटा खानु पर्दैन !

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, १६ : २४ मा प्रकाशित

सेयर बजारमा प्रवेश गर्नुपूर्व लगानीकर्ताले लगानी गरेको पूँजीको कती समयभित्र नाफा कमाउँछु भन्दापनि बजारको जोखिमलाई आकलन गरी लगानी गरेको पूँजीको कति प्रतिशत सम्म नोक्सान वहन गर्न सक्छु भन्ने योजना बनाएर सेयरबजारमा प्रवेश गर्नुपर्ने बताउछन् सेयर विश्लेषक विष्णु बस्याल । 

लगानी गर्नुपूर्व जोखिमको आँकलन पछी कुन कम्पनीमा लगानी गर्ने सर्ट लिस्ट तयार पारी कम्पनीको आधारभूत विश्लेषण तथा खरिद बिक्रीको सही समयको छनोटको लागि प्राविधिक विश्लेषण टुलको प्रयोग गरी लगानी योजना प्रारम्भ गर्नुपर्छ । 

कम्पनीको छनोट पश्चात नाफा वृद्धि वा नोक्सान कम गर्न व्यवस्थित पोर्टफोलियो योजना तयार पारी पोर्टफोलियोमा विभिन्न सेक्टरका कम्पनीको छनोट गरी समानान्तर रूपमा लगानी पूँजीको १० प्रतिशतका दरले बाँडफाँड गर्नुपर्दछ जसले कुनै सेक्टरले राम्रो प्रदर्शन गर्न नसकेको खण्डमा वा एक्कासी कुनै सक्टरले उच्च प्रदर्शन गरेको खण्डमा नाफा वृद्धि र नोक्सान कम गर्न सहज हुन्छ । लगानी योजना दीर्घकालीन बनाएर लगानी गर्दा नोक्सान हुने सम्भावना कम हुने हुँदा लगानीकर्तालाई लामो समयसम्म लगानी गर्न सुझाव दिन्छन् । 

बस्यालका अनुसार मुद्रास्फीतिलाई परास्त गरी १५ प्रतिशत नाफा आर्जन गर्न सक्ने योजनाको लगानी उपयुक्त लगानी हो । लगानीकर्ताको प्रतिक्षा क्षमताको कमीले हुने नोक्सानलाई जोड्दै उनी थप्छन कुनै लगानीले उचित प्रतिफल दिन लामो समयसम्म लगानी गर्नुपर्दछ । योजनाबद्ध लगानी गर्दा तिब्र नोक्सान बेहोर्न नपर्ने हुँदा लगानी योजना र अध्ययन को आधारमा गर्नुहोस् साथै लगानी गर्दा बजारका हल्ला वा कसैले भनेको आधारमा कुनै पनि कदम नचल्नुहोस् संयोगवश बजारले सकारात्मक नतिजा दिएतापनी जुन कुनैबेला नोक्सान हुन सक्छ त्यसैले लगानी समय र संयमताका साथ लगानी गर्नुहोस्।  

बजारमा नव प्रवेश गर्दै ट्रेडिङ गर्ने लगानीकर्तालाई ट्रेडिङ नगर्न उनी सल्लाह दिन्छन् । ट्रेडिङ टेक्निकल विश्लेषण का सामान्य ज्ञानको आधारमा भन्दा पनि बजारको अनुभव र प्रयास ले प्राप्त हुन्छ । केही समय बजारमा लगानी गर्नुहोस् र बजारको अवस्था बुझेपछि मात्र ट्रेडिङ गर्न उनी सल्लाह दिन्छन् र वारेन बफेटको विचार (जब अरु लोभी बन्छन तब तपाईं डराउनुहोस र जब सबै डराउँछन् तब तपाईं लोभी भन्नुहोस्) लाई जोड्दै उनी बजार सेन्टिमेन्टमा चल्ने हुँदा लगानीका योजना बनाउँदा बजारको प्रारम्भिक अवस्थालाई पनि अध्यान गर्न उनी जोड दिन्छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको