प्रविधिको विकाससँगै हरेक क्षेत्रमा प्रविधिले उल्लेखनीय प्रभाव पारिरहेको छ।
पहिला विनिमयको फरक चलन रहेको मुद्रा बजारमा समय अनुसार कार्य सहजता तथा पारदर्शिताका लागि विभिन्न प्रयासहरु भएका छन् । अहिले विश्व बजारमा नयाँ प्रविधि बारे चर्चा हुन थालेको छ । ब्लकचेनले बैङ्क तथा वित्तीय क्षेत्रमा ठुलो प्रभाव पार्ने विशेषज्ञहरुले दावी गरेका छन् भने कतिपय देशमा येसको प्रयोग बढ्दैछ ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा परिवर्तनकारी भूमिका खेल्ने भनिएको ब्लकचेनको बारेमा केही चर्चा गर्दैछौँ।
हामीहरू सबैले कुनै न कुनै समायमा आर्थिक कारोबार हरु गरेका छौँ । कहिले काही कारोबार गर्दा पारदर्शिता नहुने तथा कारोबारको तथ्याङ्कको हेरफेर भएको घटना तथा नक्कली तथ्याङ्क बनाएर कारोबार गरेको घटना त पक्कै सुनेका छौँ । एकतर्फी कारोबार इन्ट्री संरचनाको कारोबार गर्दा कारोबारको तथ्याङ्क लाई हेरफेर गरिएको पाइन्छ , यी र यस्ता किसिमका तथ हेरफेर र नक्कली कागजात बनाएर गरिने कारोबार लाई न्यूनीकरण वा सुन्य गर्न बनाइएको प्रविधि हो ब्लकचेन प्रविधि ।
ब्लकचेन एक प्रकारको प्लाटफर्म हो जहाँ हरेक जानकारी, तथ्याङ्कलाई डिजिटल रूपमा परिवर्तन गरी त्यसको सम्पूर्ण रेकर्ड राख्ने गरिन्छ। अर्थात यस्लाई सामान्य भाषामा बुझ्दा यो एकप्रकारको डिजिटल लेजर (खाता) हो । यश प्रविधि मा धेरै मात्रामा डाटाहरु रहन्छन् र यी सम्पूर्ण डाटाहरुलाई डाटा ब्लकमा क्रिप्टोग्राफिक प्रविधिको प्रयोग गरी सम्पूर्ण डाटाहरु लाई इनकोड गर्ने गरिन्छ र यसरी इनकोड र इन्क्रिप्ट गरिएको सम्पूर्ण डाटाहरु लाई एक आपसमा जोडिएर लामो चेन बनाउँछन् । प्रत्येक ब्लकमा भने उक्त ब्लक भन्दा पहिले जोडिएको ब्लकको क्रिप्टोग्राफिक ह्यास, एउटा टाइमस्ट्याम्प र कारोबारको डाटा रहन्छ साथै यश प्रणालीमा जोडिने हरेक ब्लक सम्बन्धी जानकारी उक्त ब्लक पछि जोडिन आउने ब्लकमा संचित गर्ने गरिन्छ ।
यश प्रविधिलाई सन् १९९१ मा Stuart Haber र W Scott Stornetta ले परिभाषित गरेका थिए। सुरुवाती चरणमा यसको उद्देश्य डिजिटल डकुमेन्टलाई टाइमस्ट्याम्प लगाई सुरक्षित राख्न थियो जसको प्रयोगले डाटामा हुने परिवर्तन र डाटा सुरक्षित राख्न सम्भव थियो। हाल भने यसको प्रयोग जानकारी सुरक्षित गर्नुपर्ने सबै क्षेत्रमा गर्ने गरिन्छ। ब्लकचेन प्रविधिको आवश्यकता उग्र रूपमा देखिनुको पछाडिको मुख्य कारण यशको प्रयोगले तथ्याङ्कको उच्चतम निगरानी तथा जवाफदेईता प्राप्त गर्न सकिन्छ।
ब्लकचेन का प्रकारहरू :
१. सार्वजनिक ब्लकचेन :
सार्वजनिक ब्लकचेन ओपन सोर्स नेटवर्कको रूपमा बुझ्न सकिन्छ अर्थात यो विकेन्द्रीकृत नेटवर्क हो । यसमा सबै प्रयोगकर्ताहरूको पहुँचमा रहन्छ र सबैले यसमा रहेर कारोबार तथा कारोबारको तथ्याङ्क हेर्न पाउँछन् । पब्लिक ब्लकचेन को उदाहरण विटक्वाइन एथेरियम आदि सार्वजनिक ब्लकचेनका अंगहरू हुन्।
२. निजी ब्लकचेन :
निजी ब्लकचेन सबैको प्रयोगको लागि खुल्ला छोडिएको हुँदैन । सामान्य रूपमा प्रयोगकर्ताले यस ब्लकचेन अन्तर्गत रहेर कारोबार गर्न एक्सेस हुँदैन । यदि प्रयोगकर्ता यश प्रकारको ब्लकचेन सिस्टममा जोडिएर कारोबार गर्नको लागि सिस्टम नियामक तथा बब्यस्थापकको अनुमतिको आवश्यकता पर्दछ। यश ब्लकचेन लागि समूहबाट नियमन गरिने हुँदा याे केन्द्रीकृत हुन्छं।
३. हाइब्रिड ब्लकचेन :
यो ब्लकचेन सार्बजनिक तथा निजी ब्लकचेन को संयोजन हो र यशमा दुवै ब्लक चेनको विशेषता हुन्छं।
४. साइड चेन :
यो ब्लकचेन प्रविधि प्रयोगकर्ताहरूलाई उनीहरू सँग रहेको डिजिटल टोकन एक ब्लकचेन बाट अर्को ब्लकचेनमा प्रयोग गर्न र आवश्यक रहेको खण्डमा मुख्य ब्लकचेनमा प्रयोग गर्ने अनुमति प्रदान गर्दछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस