Like us!
Follow us!
Connect us!
Watch us!

सवै कार्यालयको साइन बोर्डमा “बीमा समितिबाट इजाजत प्राप्त” भन्ने वाक्यांश राख्ने पहिलो कम्पनी बन्यो सूर्या लाइफ इन्स्योरेन्स

अर्थ संसार

विहीबार, १५ पुस २०७८, ११ : ०७ मा प्रकाशित

सवै कार्यालयको साइन बोर्डमा “बीमा समितिबाट इजाजत प्राप्त” भन्ने वाक्यांश राख्ने पहिलो कम्पनी बन्यो सूर्या लाइफ इन्स्योरेन्स

जीवन बीमा कम्पनीहरु माझ आफ्नो छुट्टै  विशिष्ट पहिचान बनाउन सफल सूर्या लाइफ इस्न्योरेन्स कम्पनीले आफ्नो सवै कार्यालयहको साइन बोर्डमा “बीमा समितिबाट इजाजत प्राप्त” भन्ने वाक्यांश राखेर बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

नियमनकारी निकाय बीमा समितिले मंसिर २ गते सवै बीमा कम्पनीहरुलाई आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा मंसिर मसान्तभित्र अनिवार्यरुपमा “बीमा समितिबाट इजाजत प्राप्त” भन्ने वाक्यांश राख्न निर्देशन दिएको थियो ।

सोही निर्देशन बमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम “बीमा समितिबाट इजाजत प्राप्त” भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको कम्पनीले जनाएको छ ।

नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको  कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको