Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफमाथि अख्तियारको नजर, करोडौं रुपैयाँ कर छली गरेको भन्दै छानविन थालियो

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, ११ : २५ मा प्रकाशित

सूर्यज्योति लाइफमाथि अख्तियारको नजर, करोडौं रुपैयाँ कर छली गरेको भन्दै छानविन थालियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमाथि छानविन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले करोडौं रुपैयाँ कर छली गरेको भन्दै आयोगले छानविन सुरु गरेको हो ।

कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने करोडौं रकम कर छली र कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण र लेखा परिक्षणसमेत नगराई सूर्या लाइफसँग गाभ्ने/गाभिने (मर्जर) प्रक्रियामा गएको ज्योति लाइफलाई सो अभियोगमा आयोगले नियामक निकाय बीमा प्राधिकरणमार्फत् छानविन प्रक्रिया अघि बढाएको जनाइएको छ । आयोगले प्राधिकरणलाई कर छलीको विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न लिखित पत्राचार समेत गरेको बुझिएको छ ।

कम्पनीमाथि आर्थिक वर्ष ०७६/०७७ देखि यताको कर चुक्ता नै नलिई करोडौं कर छली गरेको भन्दै आयोगले छानविन थालिएको हो। आयोगले भ्रष्टाचार निवारण सम्बन्धी ऐनको दफा ७८ बमोजिमको निर्णयअनुसार छानविन गर्न प्राधिकरणलाई पत्रमार्फत निर्देशन दिएको छ । ।

सूर्यज्योति लाइफ मर्जरमा जानुअघि सूर्या लाइफको आव ०७६/७७, आव ०७७/७८ र आव २०७८/७९ र ज्योति लाइफको आव ०७७/७८ र आव ०७८/७९ को कर चुक्ता नै नलिई मर्जरमा गएको थियो । सोहि विषयलाई आधार मानेर उक्त कम्पनीमाथि छानविन प्रक्रिया अघि बढेको जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको