Like us!
Follow us!
Connect us!
Watch us!

सुर्य लाइफ इन्स्योरेन्स, कस्तो रहला आगामी दिनको यात्रा ?

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, ०६ : १४ मा प्रकाशित

सुर्य लाइफ इन्स्योरेन्स, कस्तो रहला आगामी दिनको यात्रा ?

सुुर्य लाइफ इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरुका लागि उदाउँदै गरेको एउटा कम्पनी हो । हालै मात्र कम्पनीहरुको चुक्तापुुँजी बढाउनका बीमा समितिले निर्देशन दिएपछि कम्पनीको चुुक्तापुुँजी बढ्र्ने हरुका लागि लगानीको क्षेत्रमा विस्तारहुँदै छ । हाल कम्पनीको चुक्तापुुँजी दुुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ। बुधबारसम्म कम्पनीको बजार पुुँजीकरण १८ अर्बभन्दा माथि रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक समिक्षाबाट २३ करोड माथि नाफा आर्जन गरेको छ । खुद नाफा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्षको स्थापनाकालदेखि नै लाभांश प्रस्ताव गर्दै आइरहेको छ । हाल सम्म कम्पनीले हालसम्म ७७ प्रतिशतभन्दा बढी लाभांश लगानीकर्ताहरुलाई दिएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले मुुनाफापछि  लगानीकर्तालाई १२ दशमलव ७ प्रतिशत बोनस सेयर दिएको थियो ।

कम्पनीले हकप्रद सेयर दश बराबरको ७ अनुुपातका दरले हकप्रद दिएको हो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ दशमलव २५ रहको छ भने मूल्य आम्दानी ६३ दशमलव ५५ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १२३ दशमलव ५३ प्रतिशत रहेको छ। दोस्रो वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर ३५ प्रतिशत सम्पति रहेको छ । यस  त्रैमासिक अवधिमा कम्पनीको आम्दानी  सन्तोष जनक रहेको कम्पनीले जनाएको छ । 

कम्पनीको नयाँ बीमा योजनाहरु प्रस्तुुत बीमाको दायरा बढाउने कम्पनीको योजनाहरु रहेका छन् । हाल कम्पनीको सेयर मूल्य सात सय  ३६ रुपैयाँ पुुगेको छ । यसैगरी कम्पनीको सेयर मूल्य ५२ हप्ताअघि कम्पनीको न्युुनतम सेयर मूल्य ६सय ५ रुपैयाँ रहेको थियो भने उच्चतम् विन्दु १०९० पुगेको थियो । कम्पनीको सेयर मूल्य अहिले ६  सय ४४ रुपैयाँ  पुुगेको छ ।  यो भनेको ५२ हप्ताको न्युनतम विन्दुबाट माथि पुगिसकेको छ । कम्पनीको विश्लेष्ण हेर्दा कम्पनीको सेयर मूल्य बुलिस अबस्थामा रहेको छ ।

 यस्तो छ कम्पनीको प्राविधिक विश्लेषणः

कम्पनीको पछिल्लो ४० दिनको मुुभिङ्गबाट हेर्दा नेप्से विस्तारै बेरियस मुुमेन्टबाट बेरियस तर्फ अघि बढेको देखिन्छ । जसमा लगानीकर्ताहरुमो खरिदारीहरु हाबी भएका छन् । कालो रातो मैनबत्तीबाट कम्पनीको सेयर साना साना छायाँ आकारको  अर्को सेतो मैनबत्ती बनाएको छ ।यसले  लगानीकर्ताहरु कम्पनीको आकर्षण देखिएको छ । पछिल्लो ४० दिनमा नेप्से सात सयभन्दा माथिको मुमेन्टबाट फेरि तल झरेको देखिएको छ । यसले  बजारमा पछिल्लो समय खरिददारी सक्रिय हुुँदै गएको बजारमा चाप बढेको देखिएको छ।

आरएसआई : ओभरबट जोन (७१ स्केल)मा छ । खरीद चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ४३ दशमलव ३२ बिन्दुमा छ । यसले उतारचढाव उच्च रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ८ सय ६७ मा टेवा पाउन सक्छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको