Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १० : ५३ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सोमबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्नभएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए   । 

सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्तापूजी बृद्धि भई रु.२,५५,०२,८२,१००।– कायम हुनेछ । 

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनीसमुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह“क” बाट केशव प्रसाद भट्टराई,  हेमन्त नाहटा, विशाल अग्रवाल तथा  विवेक झा निर्वाचित भएका छन् । त्यसै गरी भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा  बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।  सवै जना  निर्विरोध निर्वाचित भएको  हुन् । 

कम्पनीले चालु आ.व. २०७८÷७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्ताहरु मार्फत १२२९७० बीमा लेखबाट रु.२,०१,८५,७१,३१८÷–बीमा शुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी रु.२९,१८,६७,३१०÷– गरेको जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको