Like us!
Follow us!
Connect us!
Watch us!

१३ वटा हाइड्राेपावरकाे लाभांश घोषणा : ङादी ग्रुपकाे उच्च नेपाल हाइड्राेकाे न्यून, अन्य कुनकाे कति ?

अर्थ संसार

विहीबार, १५ पुस २०७८, १६ : १७ मा प्रकाशित

१३ वटा हाइड्राेपावरकाे लाभांश घोषणा : ङादी ग्रुपकाे उच्च नेपाल हाइड्राेकाे न्यून, अन्य कुनकाे कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न १३ वटा हाइड्राेपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । 

लाभांश घाेषणा गर्ने १३ वटा हाइड्राेपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै नेपाल हाइड्राे डेभलपर्सले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

हेर्नुस् कुनकाे कति ?

१. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीकाे लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १८ गते, शुक्रबारदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले  भदाै १७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १५ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले भदौ १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १२ गते सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २ गते, मंगलबार बुकक्लाेज गरेकाे थियाे। त्यसैले, कार्तिक १ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १७ गते, बुधबार सम्पन्न भएकाे कम्पनीको अठारौं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, कार्तिक ३ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १८ गते, शुक्रबारदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले  भदाै १७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असोज ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे । त्यसैले असाेज ६ गते, बुधबारसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।  कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ । उक्त प्रस्तावित लाभांश असाेज २४ गते, आइतबार सम्पन्न भएकाे कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

८. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको थियाे । उक्त प्रस्तावित लाभांश भदाै १८ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँमा सम्पन्न भएकाे कम्पनीकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१०. बुटवल पावर कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेडको मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीकाे २९औँ वार्षिक साधारण सभा पाैष २६ गते साेमबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ११ गतेदेखि पाैष २६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष ८ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

११. चिलिमे जलविद्युत् कम्पनी लिमिटेड

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडकाे सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले पुस २३ गते २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

१२. कालिका पावर कम्पनी लिमिटेड

कालिका पावर कम्पनी लिमिटेडको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको गत आर्थिक वर्षको वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजे हुँदैछ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१३. नेपाल हाइड्रो डेभलपर्स लिमिटेड

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १३ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १२ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको