विश्वको सबैभन्दा छिटो बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौंस्थित सिटिसी मलमा खोल्दैछ । रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ ।
डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन्
- २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छुट
- वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छुट
- निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारास्थित सिटिसी मलको पाँचाै तल्लामा रहेको छ ।
इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्यसहितको सूची यहाँ दिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस