Like us!
Follow us!
Connect us!
Watch us!

रियलमी ‘सी’ सिरीज अन्तर्गत सी२५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध, मूल्य कति ?

अर्थ संसार

सोमबार, १९ पुस २०७८, ११ : १३ मा प्रकाशित

रियलमी ‘सी’ सिरीज अन्तर्गत सी२५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध, मूल्य कति ?

विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल  क्यामेरा सिस्टम सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली Unisoc T610 प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ । 

रियलमी सी २५ वाईमा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०*६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ । 

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ । 

यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ । 

५००० एमएएच् मेगा ब्याट्री र १८ वाट क्विक चार्जले लामो समयसम्म चलाउन दिन्छ ग्यारेन्टी

रियलमीको आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ जसमा रियलमी सी२५ वाई  मा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नुहुनेछ । 

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसन को सुविधा पनि उपलब्ध गराउँछ । 

शक्तिशाली Unisoc T610 प्रोसेसरले रमाइलो गेमिङ अनुभव प्रदान गर्छ

रियलमी सी २५ वाई लाई अक्टा–कोर 12nm Unisoc T610 प्रोसेसरले सञ्चालन गर्छ जुन २.० गेगाहर्ज सम्म चल्दछ । साथै, २.० गेगाहर्ज सम्म चल्ने two Arm Cortex-A75 / six Arm Cortex-A55 समावेश छ । ८५० मेगाहर्ज गति भएको ARM Mali G52 GPU ले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।

 यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने Unisoc T610 प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ । झनै नयाँ रियलमी  मा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ । 

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ भएको ६.५” को ठूलो डिस्प्ले

स्क्रीन टु बडी  दर ८८.७% सम्म पुग्न रियलमी सी २५ वाई को १६.५ सेमी ६.५ इन्च डिस्प्ले realme को क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङ्ग  को अनुभव प्रदान गर्दछ । 

अल्ट्रा–फास्ट फीङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसन  रसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ । 

सुन्दरताको हिसाबमा रियलमी सी २५ वाई ले पहिलो पटक लाइन एसेथेटिक डिजाइन अपनाएको छ जसले विशेष डिजाइनको कल्पना गर्दै "line" र "surface" को सुन्दर व्यवस्था प्रस्तुत गर्दछ । 

रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ । रियलमी सी २५ वाइले नेपालमा ४ जीबी र्याम र १२८ जीबी र्याम स्टोरेज भेरिएन्टको मूल्य रु. २०,४४९/- तोकेको छ । 

पौष १५ २०७८ देखि सर्वत्र बजारमा उपलब्ध रियलमी सी २५ वाई स्मार्टफोन दराजमा पौष १८ २०७८ देखि बिक्री भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको