Like us!
Follow us!
Connect us!
Watch us!

"वाणिज्य बैंकहरुको सेयरमूल्य सबैभन्दा अन्डरभ्यालुड, फण्ड हुनेलाई लगानीको सुनौलो अवसर"

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १५ : १५ मा प्रकाशित

अहिले नेप्सेमा वाणिज्य बैंकहरुको सेयर मूल्य सबैभन्दा अन्डरभ्यालुड रहेको बताउँछन् सेयर विश्लेषक एवंम इन्भेष्टमेन्ट बैंकर मुक्ती अर्याल । “रिटर्नको हिसाबले हेर्दा अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको रिटर्न धेरै नै राम्रो देखिन्छ । उनीहरुले वार्षिक रुपमा दिने लाभांशको तुलनामा उनीहरुको सेयर मूल्य धेरै नै अन्डरभ्यालुड देखिन्छ अझ पछिल्लो करेक्सन पछि बजारमा यो क्षेत्रका कम्पनीहरुको सेयर मूल्य त डिस्काउन्टेड प्राइसमा नै देख्छु, जोसँग अहिले फण्डको उपलब्धता छ वहाँहरुका लागि यो बजार प्रवेशको उत्तम समय नै हो उनले भने ।”

अन्य क्षेत्रहरुको तुलनामा यो बुलमा वाणिज्य बैंकहरुको सेयर मूल्य त्यति धेरै बढ्न नसकेको भएतापनि यो क्षेत्र बढ्दै नबढेको भने भन्न नमिल्ने उनको तर्क छ । “नेप्से जब ११ सयको विन्दुमा थियो त्यो बेलाको वाणिज्य बैंकहरुको सेयर मूल्य र अहिलेको मूल्यमा भिन्नता त अवश्य पनि छ तर अन्य क्षेत्रको तुलनामा यो क्षेत्रको वृद्धि कम होला अन्य क्षेत्रको कम्पनीहरुको मूल्य ४-५ गुणाले बढ्दा वाणिज्य बैंकहरुको मूल्य १-२ गुणाले मात्र वृद्धि भएको होला” उनले भने “ अन्य क्षेत्रहरुको तुलनमा यो क्षेत्रका कम्पनीहरुको सेयर मूल्य वृद्धि कम हुनुका विभिन्न कारणहरु छन् वाणिज्य बैंकहरुको सेयर सप्लाई अन्य क्षेत्रको तुलनामा बढी हुन यसको प्रमुख कारण हो त्यसैगरी पहिले पहिले वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढि नै थियो तर अहिले उनीहरुको आकर्षणको क्षेत्र पनि परिवर्तन भएको छ जसका कारण वाणिज्य बैंकका सेयर होल्डरहरुले सेयर मूल्य केहि बृद्धि हुने वित्तिकै बढी सप्लाई दिने भएकाले पनि यो क्षेत्र अन्य अन्य क्षेत्रको तुलनामा बढी वृद्धि हुन नसकेको हो”

पछिल्लो समय लगानीकर्ताहरुको मनोविज्ञानमा आएको हलचलका कारण पनि बजारले लय लिन नसकेको तर्क गर्छन् अर्याल । “यस्तो खालको सेक्की र भोलाटायल बजार हुनु त्यति राम्रो कुरा होईन, बजार त स्टेबल, म्याच्योर र ग्रोइङ हुनुपर्छ तर हाम्रो सेयर बजारका नियामक निकायहरुको गलत नीती र गलत नियतका कारण लगानीकर्ताहको मनोबल नै हल्लाईदिएको छ जसले गर्दा बजार बढ्न खोज्ने बढ्न नसक्ने केही बढेपनि पुनः घट्ने अवस्था देखिएको छ तर अव यो अवस्था धेरै समय रहने जस्तो देखिँदैन” उनले भने । 

अहिलेको अवस्थामा लगानीकर्ताहरुले कस्ता कम्पनीमा लगानी गर्नु उपर्युक्त होला त भन्ने प्रश्नमा अर्यालले भने “अहिले मात्र नभएर जहिले पनि लगानीकर्ताहरुले सेयर किन्दा सकेसम्म आधारभुत रुपमा बलिया कम्पनीहरुमा लगानी गर्नुपर्छ जसले गर्दा भोलि बजार घट्दा समेत पनि कम्पनीहरुले दिने लाभांशले उक्त घाटालाई कभर गर्न सक्छ, त्यसैगरी अहिलेको अवस्थामा लगानीगर्ने लगानीकर्ताहरुले यो करेक्सनमा सबैभन्दा बढि कुन कुन कम्पनीहरुको सेयर मूल्य घटेको छ भनि अध्ययन गरेर ती कम्पनीहरुमा लगानी गर्नसके त्यसबाट राम्रो प्रतिफल पाउन सक्ने अवस्था म देख्छु ।” 

यदि बजारलाई सकारात्मक बनाउन नै चाँहाने हो भने राष्ट्र बैंकले यो सेयर कर्जामा लगाएको ४-१२ को सिमाको नीतिलाई पुर्णरुपमा खारेज गर्नुपर्ने उनको तर्क छ । “यदि साच्चिँकै सरकारले सेयर बजारलाई सकारात्मक बनाउन चाहाने हो भने सबैभन्दा पहिले यो ४ १२ को जस्तो काम नलाग्ने नीतिलाई पुर्ण रुपमा खारेज नै गर्नु पर्छ अनि अर्को कुरा बजारमा देखिएको तरलता व्यवस्थापन गर्ने काम नै राष्ट्र बैंकको हो उसले प्रसस्त मात्रामा अर्थतन्त्रमा तरलता इन्जेक्ट गर्नुपर्यो त्यसको थुप्रै उपायहरु पनि छन् तिनलाई अबलम्बन गर्नुपर्ने जरुरी देखिन्छ उनले भने ।” 

सेयर बिश्लेषक एबं इन्भेष्टमेन्ट बैंकर मुक्ति अर्यालसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको