Like us!
Follow us!
Connect us!
Watch us!

यो हो कोभिड–१९ बारेको भ्रम र तथ्य : डा. सरोज गौडेल

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १३ : ५९ मा प्रकाशित

यो हो कोभिड–१९ बारेको भ्रम र तथ्य : डा. सरोज गौडेल

कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।  

कोरोना भाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।

यही विषयमा यहाँ हामीले कोरोना भाइरसबारे भ्रम र तथ्य के हो भन्नेबारे एभरेष्ट अस्पतालका फजिसियन डा. सरोज गौडेलको भनाई प्रस्तुत गरेका छौँः       

कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहिन र प्रमाणबिहिन कुराहरु रहेका छन । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ ।   

हाल नेपालमा ४० प्रतिशत भन्दा बढिले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् की मैले पूर्णरुपमा खोप लगाएको छु मलाई कोभिड–१९ संक्रमण हुँदैन भन्ने छ ।

र पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दुरी पालना नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भिडभाड जन्ने प्रवृद्धि गर्ने र भिडभाडमा जाने जस्ता प्रविधिहरु भैरहेको पाइएको छ । यस्तो भ्रम जन्य कुराहरुको पछि नलागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने गरौ किनकी अहिले कोभिडको जोखिम पहिले संक्रमित भएका बिरामीलाइ र दुबै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्हिर्यता कम देखिएता पनि पुन कोभिडको संक्रमण दोहोरीरहेको छ । त्यसैले अहिलेको अवस्थामा बच्ने उतम तरिका भनेको सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने नै अहिलेको समयमा कोभिडबाट बच्ने अत्ति उत्तम उपाय हो ।                                                                                                                                                                             

नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुस्टर डोज कोभिड विरुद्ध कतिको लाभ दायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरापनि आउन सक्छ । 

यसबारेको तथ्य केहो भने जब हामिले पूर्ण २ डोज नै खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिड विरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिको छ ।   

केही समय अगाडि कोभिडको बिरामीदर कम हुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरी पनि कोभिडका विरामीहरु चाप  दिनप्रति दिन बढ्दै गएको पाइन्छ । 

अस्पतालमा रुघा खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका विरामीहरु बढ्दो छन र उनीहरुलाई कोभिडको शंङ्का देखिदै गर्दा पनि कोभिडको परिक्षण गर्न लगाउदा नमान्ने, हिचकिचाउने पहिलेको जस्तो परिक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउछु भन्ने खालको अबस्था थियो । चेकजाच गर्नका लागि आफै गएर गर्दथे भने अहिले त्यो अवस्था छैन अहिले अस्पतालमा  आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरु देखिएर आएका विरामीलाई कोभिड–१९ परिक्षण गर्न लगाउदा नमान्ने गरेको पाइन्छ ।

कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहा पाउन छाड्न पर्याे कि खानको स्वाद थाहा पाउन छाड्न पर्यो अनि मात्र मलाई कोेभिड १९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ ।  

तर, यति मात्रै होइन । कोभिड–१९ को नयाँ नयाँ भेरियन्ट्सहरुको लक्षणहरु फरक फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका विरामीहरुलाई पनि कोभिड १९ को संक्रमण भएको पाइएको छ । 

कोभिड १९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुँदैन । कोभिड १९ विरुद्धको पूर्ण खोप लगाइसकेको भयता पनि उनीहरुलाई संक्रमण देखिन सक्छ । 

खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाह बमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधीहरु सेवन गर्ने र धेरैमात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आरम गर्याे भने पनि ठिक हुन्छ । 

अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रम जन्य टिप्पनीहरुलाई गलत प्रयोग गर्ने र आफैल प्रेस्कीप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठुलो भ्रमता हो ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधी बनेको छैन । यो नबन्दै गर्दा कुनैपनि किसीमको भ्रमतामा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधी जन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नु पर्छ ।  

त्यस्तै, हामी बर्षेनी भाइरल इन्फुइन्फलुन्जा भ्याक्सिन लगाउछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यस्को फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाति चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएसि मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ । 
            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको