Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अरूण भ्यालीकाे बाेनस सूचिकृत

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ११ : १९ मा प्रकाशित

नेप्सेमा अरूण भ्यालीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे असाेज २४ गते, आइतबार सम्पन्न भएकाे चाैबिसाैँ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बाेनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । कम्पनीको साधारण सभाले बोनस सेयर पश्चात् कायम हुने चुक्ता पूँजीको एक बराबर शुन्य दशमलव पाँच अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको थियाे ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

61d3f4504b75b.JPG

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको