Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड-१ खारेज हुँदै, बिहिबार अन्तिम कारोबार हुने

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १५ : ४१ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड-१ खारेज हुँदै, बिहिबार अन्तिम कारोबार हुने

नेपाल इन्भेष्टमेन्ट बैङ्कको कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड-१ खारेज हुने भएको छ ।

योजनाको ७ बर्षे अवधि समाप्त भएसँगै योजना खारेजी हुने भएपछि नेप्सेमा पुस २२ गते बिहिबार ३ बजे (दोस्रो बजार कारोबार बन्द) पछि फण्ड इकाईको कारोबार बन्द हुने भएको छ ।

एनआईबिएल समृद्धि फण्ड १ पुस २२ गते परिपक्क हुनेछ । सामूहिक लगानी कोषको नियमावली अनुसार योजना अवधि समाप्त भएमा योजना खारेजीमा लानुपर्ने व्यवस्था अनुसार खारेज गर्न लागिएको हो । 

यसका लागि नियमावलीमा भएका व्यवस्था र प्रचलित कानूनको अधिनमा रही योजना खारेजी प्रकृयामा लगिने कुरा उल्लेख गरी एनआईबिएल एस क्यापिटलले जनाएको छ । प्रचलित कानुनी प्रक्रिया पुरा गरेर योजना खारेजी पश्चात् इकाईधनीहरूलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको