Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको बलियो सपोर्ट कुन बिन्दुमा छ ? अब बढ्ला कि घट्ला ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १७ : ०० मा प्रकाशित

नेप्सेको बलियो सपोर्ट कुन बिन्दुमा छ ? अब बढ्ला कि घट्ला ?

यसअघि लगातार ४ वटा डेली क्यान्डलहरु हरियो बनेको नेप्सेमा आज बुधबार रातो क्यान्डल बनेको छ।  सुरुवाती चरणमा बढेर २७०१ को बिन्दुसम्म पुगेको नेप्से परिसूचक घट्दै गइ  २६४९.२० को बिन्दुमा क्लोज भएको छ।  

आज बजार घट्दै गर्दा भोलुम हिजोको तुलनामा थोरै बढी देखिएको छ। बजार घट्दा भोलुम धेरै आउनु राम्रो मानिदैन। तर गत बुधवारदेखि आजसम्म गरि करिब १९२ अंकले बढेको बजार ३० अंकले घट्नुलाई एकदमै सामान्य रुपमा लिइन्छ। 

लगानीकर्ताहरुले अब ध्यान दिनुपर्ने बिन्दु भनेको २५८५ को बिन्दु हो।  यदि बजारको घट्ने क्रम रोकिएन र बजार घट्दै गएर २५८५ बिन्दु भन्दा पनि तल क्लोजिंग दियो भने बजारको यात्रा तलतिरको हुनसक्ने सम्भावना उच्च भएर जान्छ भने बजार बढ्ने क्रममा २७०१ को बिन्दुमा एउटा रेसिस्टेन्स रहेको छ।  यदि २७०१ लाइ क्रस गरेर बजार माथि जान सफल भएको खण्डमा बजारको यात्रा २८०० भन्दा माथिको हुनसक्ने अनुमान गर्न सकिन्छ।  

इन्डिकेटरहरुले के देखाउदैछन् ? 

RSI 
RSI ५८.१० को बिन्दुमा छ।  ५० भन्दा माथिको RSI ले बजार बढ्दो ट्रेन्डमा रहेको संकेत गर्दछ। हिजो ६१ भन्दा माथि रहेको RSI आज बजार करेक्सन हुँदै गर्दा केहि घट्नुलाइ स्वाभाविक रुपमा लिनुपर्छ तर यदि भोलिका कारोबारहरुमा पनि RSI ६० भन्दा माथि बस्न सकेन भने चाहिँ बजारले तलतिरको यात्रा समात्न सक्ने सम्भावना रहन्छ।  यो कुरालाई लगानीकर्ताहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  
MACD 
MACD इण्डिकेटरले बजारको यात्रा बुलिश नै रहेको देखाई रहेको छ। MACD का हिस्टोग्रामहरु लामा लामा बन्दै गैरहेका छन।  आज र हिजो बनेको हिस्टोग्राम लगभग लगभग बराबर बनेको देखिन्छ।  भोलिका दिनहरुमा MACD का हिस्टोग्रामहरु छोटो बन्दै गयो भने बजारमा खरिद चापको तुलनामा बिक्रि चाप उच्च बन्दै गएको भन्ने बुझ्नुपर्दछ।  
बोलिंगर ब्याण्ड:
आज बोलिंगर ब्याण्डको अपर ब्याण्डलाइ रेसिस्टेन्स बनाएर बजार तलतिर खसेको छ।  यसले महत्वपूर्ण अर्थ राख्दछ। अन्य इन्डिकेटरहरु सकारात्मक हुँदै गर्दा बजारको यात्रा सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। नेप्से २७०० भन्दा माथि जान सकेको खण्डमा नेप्सेको यात्रा बुलिश भएर जानसक्ने सम्भावना उच्च देखिन्छ।  

61d5a1a9d520a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको