Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार एपिसोड २: बजारमा के-के घटना भए, कस्तो पर्ला प्रभाव ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १७ : ०४ मा प्रकाशित

यो कार्यक्रममा हामी सेयर बजारलाई राष्ट्रिय/ अन्तराष्ट्रिय स्तरमा घटेका वा घट्न सक्ने सम्भावना रहेका आर्थिक , राजनीति तथा सामाजिक घटनाहरु र ति घटनाहरुले नेपालको सेयर बजारमा पार्न सक्ने प्रभावको विश्लेषण गर्ने गर्दछौं।  प्राविधिक रुपमा नेप्सेलाइ विश्लेषण गरेर बजारको आगामी मुभमेन्टको अनुमान गर्ने गर्दछौं भने एउटा कुनै कम्पनीको विश्लेषण पनि प्रस्तुत गर्ने गर्दछौं । 

घटनाक्रम

१:) सहकारीको ब्याजदर नबढ्ने :

सिडी रेसियो ९० भन्दा माथि गइ बैंक तथा वित्तिय संस्थाहरु थप ऋण प्रवाह गर्न नसक्ने अवस्थामा रहेका  अवस्थामा सहकारीबाट ऋण लिनेको संख्या बढेसंगै सहकारीबाट प्रवाह हुने ऋणको  व्याजदर बढाउने तयारीमा रहेको सहाकरी विभागले  सहकारीको सन्दर्भ ब्याजदर नबढ्ने जनाएको छ। बैंक तथा वित्तिय संस्थाहरुमा तरलता बढ्दै गएको र  अहिलेको समस्या केहि समयभित्रै समाधान हुने भन्दै  तत्काललाइ बढाइ हाल्नु नपर्ने निष्कर्षमा सहकारी विभाग पुगेको हो। यसअघिको निर्णय बाट ब्याजदर अधिकतम १४.७५% सम्म व्याज  लिन सक्नेगरी सन्दर्भ ब्याजदर लागू गरिएको थियो भने पौष १५ गते बसेको ब्याजदर निर्धारण समितिको बैठकमा राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर १७% पुर्याउन प्रस्ताव गरेको थियो र सोही विषयमा छलफल गर्न बुधबारका लागि बोलाइएको सन्दर्भ ब्याजदर निर्धारण समितिको  बैठक स्थगित गरिएको छ।   

प्रभाव : सहकारी संस्थाहरुको व्याज बढ्दा समग्र वित्तिय प्रणालीमै प्रभाव परि पुष मसान्त सकिएर माघ लाग्नै लाग्दा  बैंक तथा वित्तिय संस्थाहरुले पनि व्याजदर बढाउलान कि भन्ने चिन्ता लगानीकर्ताहरुमा देखिएको थियो। बैंक तथा वित्तिय संस्थाहरुको व्याज बढ्दै गर्दा त्यसले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने गरेको हुँदा यो समाचारलाइ लगानीकर्ताहरुले निकै सकारात्मक रुपमा लिने सम्भावना रहन्छ जसले सेयर बजारमा सकारात्मक प्राभाव पार्ने छ।  

२) राष्ट्र बैंकको परिपत्र

नेपाल राष्ट्र बैंकको क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरुले १०% भन्दा बढी प्रोमोटर शेयर रहेका लघुवित्तहरुलाई मर्जर प्रक्रियामा लैजान निर्देशन दिएको छ।  २०७९ आषाढ मसान्त सम्म बैङ्क तथा वित्तीय संस्थाहरुले कसरी उक्त लघुवित्तहरुलाई मर्ज वा अक्विजिसनमा लैजाने भन्ने  ठोस कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ। 

हाल सञ्चालित ४१ ओटा लघुवित्तमा  १६ ओटा बैङ्क हरुको दोहोरो लगानी रहेको छ भने ४ ओटा लघुवित्तमा  एउटै बैंकको ५१ प्रतिशत बढी लगानी रहेको छ। 

प्रभाव :
विश्लेषक केशव कोइराला 'काका' क्रस होल्डिङ भएका लघुवित्तहरुलाई मर्जमा लैजाने  नीति राष्ट्र बैंकको पुरानै नीति रहेको जनाउँछन् । राष्ट्रबैंकको यो नीति लघुवित्तहरुको पूँजीको आकार राम्रो होस् र तिनीहरूले गुणस्तरीय सेवा प्रवाह गर्न सकुन भन्ने उद्देश्यले  आएको  उनको भनाइ छ र राष्ट्र बैंकले अहिले परिपत्र जारी गरेर लघुवित्तहरुलाई  मर्जरमा जन थप समय दिएको बताउँछन् जसले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ। 

३:) ओमिक्रोनको संक्रमण वृद्धिदर :

छिमेकी राष्ट्र भारतमा ओमिक्रोन संक्रमण दर तिब्र रुपमा बढी रहेको छ। पछिल्लो समयलाई हेर्ने हो  भने भारतमा संक्रमण दर बढेको १५ / २० दिन पछि सोही दरमा  नेपालमा संक्रमण बढ्ने गरेको देखिन्छ। अहिले भारतमा संक्रमण दर बढेको देख्दा निकटतम भविष्यमै नेपालमा सोही दरमा संक्रमण बढ्न सक्ने प्रक्षेपण गर्न सकिन्छ भने हाल भारतमा सप्ताहान्तमा दिल्ली सरकारले कर्फ्यु नै लगाएको छ। 

प्रभाव :
पछिल्लो समयमा जस्तै संक्रमण बढेर लकडाउन गर्नुपर्ने अवस्था आएको खण्डमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ साथै पछिल्लो समयलाई हेर्दा लकडाउन भएको समयमा लगानी गर्ने अन्य क्षेत्र नभएको हुँदा सेयरबजारमा सकारात्मक प्रभाव देखिएको थियो । संक्रमण दर तिब्र भएर लकडाउन भएमा सेयरबजारमा सकारात्मक प्रभाव परेता पनि समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको हुन्छ जसले लगानीकर्तामा मिश्रित मनोविज्ञान सृजना गर्दछ। 

कम्पनी चिरफार :

(NHPC : National HydroPower Company Limited )
NHPC लाइ केही समय अगाडिसम्म लगानीकर्ताहरुले नेप्सेमा लिस्टेड कम्पनीहरुमध्ये सबैभन्दा नराम्रा कम्पनीहरुको लिस्टमा  राख्ने गर्दथे तर   अहिले एकाएक यो  कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ। सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको लाइसेन्स पाएसँगै कम्पनीको ब्यालेन्स सिटमा राम्रो सुधार देखिएको छ। NHPC को सुनकोशी हाइड्रोपावरमा करिब ६५ करोड रुपियाँ फसेको थियो त्यो लाइसेन्स पाएसँगै प्रोभिजनमा रहेको पैसा Right Back गरेको छ । NHPC को पहिलो त्रैमासिकको रिपोर्टलाई आधार मान्दा यसको  प्रति शेयर मूल्य ४१.३१ रुपैयाँ रहेको छ ।

बिद्युत विकास विभागले  NHPC लाई ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको अनुमति पत्र दिएको छ। 
NHPC मा अर्को महत्वपूर्ण कुरा के छ भने गत असारमा मेलम्चीमा बाढी आउँदा NHPC को पावर स्टेसन तथा प्रसारण लाइनमा क्षति भएको थियो। सो क्षति करिब १० करोड मूल्य बराबरको रहेको र सो को बिमा दावी गरिसकेको जानकारी NHPC का प्रवक्ता विश्वेश्वर सुबेदीले अर्थसंसारलाइ जानकारी दिएका छन।  NHPC को यो त्रैमासको रिपोर्टमा सो बिमा दावी बापतको रकम भुक्तानी हुँदा त्यसले NHPC को आम्दानी थप सकारात्मक हुने अनुमान गर्न सकिन्छ।  

NHPC ले अब आउने साधारण सभाबाट लगानीकर्तालाई लाभांस वितरण गर्ने घोषणा गरिसकेको हुँदा NHPC राम्रो कम्पनीको रूपमा स्थापित हुन लागेको बुझ्न सकिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको