Like us!
Follow us!
Connect us!
Watch us!

एक विकास बैंक सहित ३ कम्पनीको साधारसभा आज हुँदै, के के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, ०६ : ४९ मा प्रकाशित

एक विकास बैंक सहित ३ कम्पनीको साधारसभा आज हुँदै, के के छन् एजेन्डा ?

आज एक विकास बैंक सहित तिन कम्पनीहरुको साधारण सभा हुँदैछ । आज ज्योति विकास बैंक, छिमेक लघुवित्त र चिलिमे जलबिद्युत आयोजनाको बार्षिक साधारण सभा हुने छ । 

ज्योति विकास बैंकको बीसौँ वार्षिक साधारण सभा आज पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्बबाट बृद्धि गरि ८ अर्ब बनाउने प्रस्ताव समेत पनरित गर्ने छ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज पौष २३ गते हुँदैछ । 

सभाले कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

छिमेक लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिक साधारण सभा आज पुस २३ गते, शुक्रबार होटल सामना प्रा.ली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभाले संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको