Like us!
Follow us!
Connect us!
Watch us!

३ लघुवित्तको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा हुँदैछ पारित ?

अर्थ संसार

शनिबार, २४ पुस २०७८, ०७ : ३३ मा प्रकाशित

३ लघुवित्तको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा हुँदैछ पारित ?

आज (पौष २४ गते, शनिबार) विभिन्न ३ लघुवित्त कम्पनीको साधारण सभा हुँदैछ । विजय लघुवित्त वित्तीय संस्था संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुन लागेको हो । 

विजय लघुवित्त वित्तीय संस्था संस्था

विजय लघुवित्त वित्तीय संस्था संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । 

सभाले संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, संस्थापक शेयरधनीकाे तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालककाे निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १२ गते, साेमबारदेखि पाैष २४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

समिट लघुवित्त वित्तीय संस्था

समिट लघुवित्त वित्तीय संस्थाकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभाले संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७ सय १२ कित्ता सेयर एफपीओको रूपमा जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित गर्नेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

महुली लघुवित्त वित्तीय संस्था

महुली लघुवित्त वित्तीय संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीकाे तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालककाे निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १२ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको