Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागी एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

अर्थ संसार

शनिबार, २४ पुस २०७८, १७ : ४० मा प्रकाशित

भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागी एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ। यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि ठूलो खबर हो ।

काठमाण्डौको एलोफ्ट होटेलमा विस्व प्रसिद्द ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।नेपालभरि ब्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा।लि। ले नेपाली ग्राहक संगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।

बिगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डौको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिदै आएको छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो । फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्विच र १० जी पोर्ट स्विच मार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोज्यो। Juniper-EX2300-24T इन्टरनेट गति प्रदान गर्न प्रयोग गरिएको स्विच थियो। भायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो ।

एलोफ्ट काटमाण्डौका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो । तीन महिनाको सफल परीक्षण पछि, फिल्म निर्माण टोलीले अगस्ट २०, २०२१ मा लिङ्क उपलब्ध गराउन आग्रह गर्‍यो। फिल्म निर्माण टोलीले अक्टोबर ३, २०२१ सम्म भायनेट इन्टरनेट सेवा प्रयोग गरेको थियो। अलोफ्ट काठमाडौंका अनुसार निर्माण टोलीले ठूला फाइलहरू केन्द्रिय सर्भरमा ट्रान्सफर र गर्न १ जीबी स्पिड इन्टरनेट प्रयोग गरेको हो ।  
 

61d97c08dae89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको