Like us!
Follow us!
Connect us!
Watch us!

करिब २ महिनापछि एकै घन्टामा २ अर्ब भन्दा बढीको कारोबार, यसले के संकेत गर्दछ ?

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १३ : २२ मा प्रकाशित

करिब २ महिनापछि एकै घन्टामा २ अर्ब भन्दा बढीको कारोबार, यसले के संकेत गर्दछ ?

नेप्सेमा धेरैपछि कारोबार रकममा आकर्षक वृद्धि देखिएको छ।  यसअघि निकै सुस्त बनेको कारोबार रकम आज आइतबार आक्रामक रुपमा बढेको हो।  कारोबार रकम संगै नेप्से परिसूचक पनि बढेको छ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० अंकले बढ्दै गर्दा ४ अर्ब ४७ करोड भन्दा बढीको कारोबार भैसकेको छ।  

सबैभन्दा उल्लेखनिय कुरा भनेको १ घन्टाको अवधिमा २ अर्ब भन्दा बढीको कारोबार यसअघि करिब २ महिना अघि  १५ नोभेम्बर २०२१ मा भएको थियो।  त्यो बेला बजार २६९० को आसपासबाट बढ्दै गर्दा एकै घन्टामा २ अर्ब भन्दा बढीको कारोबार भएको थियो।  त्यसपछि बजार बढेर २८२५ सम्म पुगेको थियो। यो घटनाको लगभग २ महिना पछि आज एकै घन्टामा २ अर्ब भन्दा बढीको कारोबार भएको छ। आज एकै घन्टामा २ अर्ब भन्दा बढी कारोबार हुँदै गर्दा त्यो अवधिमा नेप्से पनि करिब ६० अंकले बढेको छ।  नेप्से उच्च अंकले उच्च कारोबार सहित बढ्नुले बजारमा ठुलो लगानी प्रवेश भएको सहजै अनुमान गर्न सकिन्छ।  

पुष मसान्तको डरलाइ बजारले पचाइसकेको देखिन्छ भने बैंक वित्तिय संस्थाहरुमा तरलता सहज हुँदै जाँदा माघ महिनामा व्याजदर नबढ्ने सम्भावना प्रबल बनेर गएकाले बजार अब बढेर नै जाने कुरामा बजार जानकारहरु एकमत देखिएका छन। 

61da928e6e53a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको