Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १४ : १७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कुमारी बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस बापतकाे ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

कुमारी बैंक लिमिटेडको कार्तिक १६ गते, मंगलबार सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे ।

त्यसैगरी,  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर १० गते, शुक्रबार सम्पन्न भएकाे दशौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

 

61da9ecee0063.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको